back
CTIZAN AD

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको डुबेर मृत्यु

वि.सं.२०७७ पुस २१ मंगलवार

951 

shares

२१ पुष । अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । अस्ट्रेलियाको सिड्नी सहरस्थित पोखरीमा डुबेर विराटनगर घर भएका २७ वर्षीय सचित बिमलीको मृत्यु भएको हो ।

अस्ट्रेलियाली टेलिभिजन नाइन न्युजका अनुसार रोयल नेसनल पार्कस्थित वाटामोला पोखरीमा सोमबार अपराह्न पौडी खेल्ने क्रममा बिमलीको मृत्यु भएको हो।

पुलिस, फायर फाइटर, प्यारामेडिक्स र सर्फ लाइफसेभरले बिमलीको शरीर ४० मिनेट पछि सात मिटरको गहिराईमा फेला पारेका थिए।
त्यहाँ चट्टान भएका कारण त्यहाँ नजान चेतावनी संकेतहरू राखिएका छन्, जहाँ मानिसहरूलाई ‘तलको खोलामा खेल्न नजानु’ भनिएको छ ।

सिड्नीको अर्वनमा दिदीसँगै बसोबास गर्दै आएका थिए । साथीहरूसँंग पार्क घुम्ने क्रममा पौडी खेल्दा डुबेर उनको मृत्यु भएको हो।

सन् २०१९ को जुलाईमा अस्ट्रेलिया पुगेका बिमली त्यहाँको प्रसिद्ध मक्वारी विश्वविद्यालयमा आइटीअन्तर्गत मास्टर्स डिग्री पढिरहेका थिए।

वि.सं.२०७७ पुस २१ मंगलवार १८:०९ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...