back
CTIZAN AD

बिहादीको लुङरिङडाँडामा प्याराग्लाइडिङ पूर्वाधार निर्माण शुरु

वि.सं.२०७७ पुस २२ बुधवार

744 

shares

२२ पुस, पर्वत । बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकम रु २० लाखको लागतमा गाउँपालिकाको लुङरिङडाँडामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको हो ।

बिहादी गाउँपालिकाको रमणीय तथा पर्यटकीय क्षेत्र मानिने लुङरिङडाँडाबाट प्याराग्लाइडिङ उडान (टेकअफ) गर्ने र वडा नं ३ को इमिचौर र वडा नं १ को दुर्लाङमा अवतरण (ल्याण्ड) गर्ने गरी काम थालिएको छ । केही समयअघि गरिएको प्याराग्लाइडिङको सफल परीक्षणसँगै व्यावसायिक उडानका लागि पूर्वाधारको काम थालिएको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष जीतबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार रु २० लाखबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायतका संरचना निर्माण गरिनेछ ।

उक्त संरचना आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कामसमेत अगाडि बढाइने नेपालीले बताउनुभयो । प्याराग्लाइडिङ उडान गर्ने स्थान करिब दुई हजार मिटरको उचाइमा छ । प्याराग्लाइडिङको सम्भाव्यता र दृश्यावलोकनका लागि राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेसँगै पूर्वाधार निर्माणको काम थालिएको हो । गण्डकी प्रदेश सरकारले बिहादी गाउँपालिकासहित प्रदेशका पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेको छ ।

यसैबीच बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले मङ्गलबार प्याराग्लाइडिङ पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् । भुसालले पर्यटनको महत्वपूर्ण आधार मानिने प्याराग्लाइडिङले समग्र बिहादी गाउँपालिकाको भविष्यलाई उज्ज्वल बनाउन मद्दत पुग्ने बताए र बिहादी पर्यटनका हिसाबले प्रचुर सम्भावना भएको पालिका रहेको चर्चा गर्दै भुसालले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । नियमित प्याराग्लाइडिङ उडान गर्नका लागि आवश्यक प्रक्रिया गाउँपालिकाले तत्काल अघि बढाउने उनले प्रतिबद्धता जाहेर गर्नुभयो । यसअघि पर्वत सदरमुकाम कुश्माबजारसँगै रहेको बलेवामा पनि प्याराग्लाइडिङ पूर्वाधार निर्माण थालिएको थियो ।  file photo

वि.सं.२०७७ पुस २२ बुधवार ०९:११ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...