back
CTIZAN AD

केयू उपकुलपतिका लागि दरखास्त आह्वान

वि.सं.२०७७ पुस २२ बुधवार

636 

shares

२२ पुस, काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । हालका उपकूलपतिको अवधि आउँदो माघ पहिलो साता सकिँदै छ ।

लगातार दोस्रो कार्यकाल उपकुलपति बनेका कालरामकण्ठ मकाजुको अवधि माघमा सकिन लाग्दा सरकारले दरखास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्ष एवम् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको इमेलमा व्यक्तिगत विवरण पठाउन शिक्षा मन्त्रालयले सुचना जारी जरेको छ ।

इच्छुक व्यक्तिहरुले  पेश गरेको विवरणको आधारमा मन्त्रालयको सिफारिस समितिले योग्य व्यक्तिको नामा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने छभने कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिको नियुक्त गर्ने व्यवस्था छ ।

प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले बनाएकाे सिफारिस समितिमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजक छन । समितिमा विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् । तर, कतिपयले टस्ट्री गैरकानुनी संरचना भएको र त्यसलाई काठमाडौं विश्वविद्यालयको ऐनले नचिन्ने बताएका छन् ।

वि.सं.२०७७ पुस २२ बुधवार ११:२० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...