back
CTIZAN AD

कैलाश गाउँपालिकामा अस्थायी परिवार नियोजन शिविर

वि.सं.२०७७ पुस २२ बुधवार

2K 

shares

२२ पुष, वाग्मती । दुईभन्दा बढी बालबालिका जन्माउने परिपाटीको अन्त्यका लागि मकवानपुरको उत्तरी क्षेत्र कैलाश गाउँपालिकामा एकदिने अस्थायी परिवार नियोजन शिविर आयोजना गरिएको छ । सो शिविरको एक दिनमा ४४ महिलाले सेवा लिएको गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए ।

अस्थायी परिवार नियोजनका लागि महिलाको पाखुरामा राखिने नरप्लान्ट लगाएर गाउँपालिकाको गोगले स्वास्थ्यचौकीमा सेवा दिएको र आवश्यक चेतनामूलक जानकारीसमेत दिइएको बताइएको छ ।

सन्तानको रहर पुगेका महिलाले गाउँमा आएको शिविरमा पुगेर अस्थायी परिवार नियोजन सेवा लिएको अध्यक्ष मोक्तानले बताए । साथै शिविरमा पुरुष बन्ध्याकरण सेवासमेत प्रदान गरिएको बताइएको छ ।

यसैबीच मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विभिन्न पाँच वडामा छुट्टाछुट्टै पाँचदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जाँच गराउन र स्वास्थ्य सेवा दिनका लागि सो शिविर आयोजना गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा भएको उक्त शिविरमा ३८० ज्येष्ठ नागरिकले स्वास्थ्यसेवा लिएको र अर्थावस्था कमजोर भएकालाई न्यानो कपडाको रूपमा ८८० फाइवरको सिरक वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आवमा त्यहाँका ६० देखि ७० वर्षसम्मका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा शुल्क बेहोर्ने गरी गाउँसभाबाट पारित गरिसकेको जानकारी दिइएको छ ।
रासस

वि.सं.२०७७ पुस २२ बुधवार ११:३४ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त...