back
CTIZAN AD

संसद विघटनसम्बन्धी मुद्दा नहेर्ने भन्दै हरिकृष्ण कार्कीले छाडे इजलास

वि.सं.२०७७ पुस २२ बुधवार

747 

shares

पुस २२, काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारेको सुनुवाई गरिरहेको संवैधानिक इजलासबाट आफुँलाई अलग गरेको घोषणा गरेका छन् । बुधबार संवैधानिक इजलासमा बहसका क्रममा आफुँमाथि प्रश्न उठेपछि उनले यस्तो घोषणा गरेका हुन् ।

बुधबारको सुुनुवाईमा वकिलहरुले न्यायाधीश कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्वको मुद्दा हेर्न नमिल्ने बताएका थिए । सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र दिनेश त्रिपाठीले कार्कीको उपस्थितिप्रति प्रश्न उठाएका थिए ।

कार्की प्रधानमन्त्री ओली नेतृत्वको अघिल्लो सरकारका महान्यायाधिवक्ताको रुपमा रहेकाले मुद्दा हेर्दा स्वार्थ बाझिने वकिलहरुको तर्क थियो । बहसका क्रममा वकिलहरुले कार्कीको सहभागीताले जनतामा गलत सन्देश गएको बताएका थिए ।

वकिलहरुमा बहसमा बस्ने नबस्ने बारे आफैंले निर्णय गर्न भनेपछि कार्कीले नबस्ने घोषणा गरेका हुन् । पुस १० को संवैधानिक इजलासमा कार्की समावेश भएपछि वकिलहरुले आपत्ती जनाएका थिए ।

वि.सं.२०७७ पुस २२ बुधवार १६:०३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...