back
CTIZAN AD

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

वि.सं.२०७७ पुस २२ बुधवार

705 

shares

२२ पौष, राजविराज। पूर्व–पश्चििम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको बा१ग १९८१ नंको नेपाली सेनाको वानटनले सोही दिशाबाट जाँदै गरेको स।५प ५०७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक साहले बताए ।

सेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।रासस

वि.सं.२०७७ पुस २२ बुधवार १५:५६ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...