back
CTIZAN AD

प्रभुले उद्यमी पहिचान गर्दा चम्किएको व्यवसाय

वि.सं.२०७७ पुस २२ बुधवार

801 

shares

काठमाडौं । यदि इश्वर छ भने उसले भन्छ रे ‘तँ आट म पुर्याउँछु’ । यस्तै भएको छ सुम्निमा र उनको आमाको जीवनमा पनि ।
हामी पुग्दा उनको क्याफेमा ग्रहाकहरुको राम्रै चहलपहल थियो । सुम्निमा र उनकी आमा कमला क्याफेमा आएका पाहुनालाई स्वागत गर्न व्यस्त थिए । हामीले एकैछिन पर्खियौं र केहि समय लिने जमर्को गर्यौं ।

चहलपहल देख्दा उनीहरुको क्याफे विगत एक बर्षको संकट्पूर्ण अबस्था पछि तंग्रिन लागेको जस्तो सहजै बुझ्न सकिन्थ्यो ।
काठमाडौंको बसुन्धरामा बि.पी. स्मिृति अस्पतालको नव निर्मित भवनको आडैमा रहेको महेन्द्रनारायण नीधि मेमोरियल अस्पतालसँगै उनले संचालनमा ल्याएको ब्रेक्स एण्ड बु्रस(बेकरी) रहेको छ ।

कोरोना भाईर माहामारीको कारण गत वर्षको चैत्र महिनादेखि उनीहरु जस्तै व्यवसाय गर्नेहरुको जीवनमा सुनामी आएको छ । एकातिर व्यवसाय बन्द त अर्को तिर घरबेटीको भाडाको तरबार पनि सोझिएकै छ ।

सुम्निमासँगको कुराकानीको क्रममा उनी सानै छदा उनको बुवाको मृत्युभएको कुरा थाहा भयो।  उनको बुवाको मृत्युपछी उनको पालन–पोषण, पढाईलगाएत सम्पूर्ण जिम्मेवारी उनको आमाको काँधमा आयो ।

आफ्नो जीवनको अधिकांस समय बैदेशिक रोजगारीमा बिताएकी उनकी आमा कमला श्रेष्ठ आफ्नो छोरीको शिक्षा र पालन पोषणमा कुनैपनी कमि आउन नदिने उद्देश्यका साथ पोखरामा सानो व्यवसाय संचालन गर्न थालीन् ।

तर, उनको कमाइले सुम्निमाको पढाइ सहित परिवार चलाउन असहज बन्दै गएपछी उनी बैदेशिक रोजगारीका लागि कुवेत लागिन् ।

आफ्नो बुबाको अनुहार समेत राम्रोसँग याद नभएको  सुम्निमाले सानै उमेरदेखि आमाबुबाको माया पाउनबाट टाडा नै रहन परेको बताईन ।
बाल्यकालदेखि नै दुखमा हुर्किएकी सुम्निमाले माध्यमिक तहसम्मको पढाई पोखरामा पुरा गरिन ।

सानैदेखी पढाईमा अब्बल रहेकी उनले आफ्नो भबिष्यको लागि आमाको साथ खोजिन् । उनको आग्रह लाई मानेर वैदेशिक रोजगारीमा रहेकी उनकी आमा स्वदेस फर्किएको उनले बताईन् ।

अहिलेको सन्दर्भमा नेपालमा अधिकांस युवापुस्ता अवसरको खोजीमा युरोप, अमेरीका जाने लहर नै चलेको छ यसका अलवा पढाईमा अब्बल सुम्निमामा भने यो सोच कहिल्यै आएन ।

उनलाई आफ्नो आमाबाट अब धेरै छुटिएर बस्नु थिएन । उनले आफु विदेश जाने भन्दा पनि नेपालमानै केही गर्ने र आमासंगै नेपालमा बस्ने योजना बनाइन् ।

नेपालमा नै सम्भावना छ र केही गर्न सकिन्छ भन्ने संकल्प उनमा थियो । उनले आफु पढाईसँगै व्यवसाय गर्ने र आमालाई पनि नेपालमै राख्ने उद्देश्यका साथ २०७६ बाट ब्रेक्स एण्ड बु्रस(बेकरी) संचालनमा ल्याएको बताईन ।

बीबीए छैटौं सेमेष्टर अध्यनरत सुम्निमाको पढाई र परिवारको खर्च उक्त बेकरीको कमाइबाटनै चलिरहेको छ । उनी निकट भविष्यमा उक्त बेकरीलाई अझै सुधार र विस्तार गर्दै लाने योजनामा छिन् ।

उनी नेपालमा नै केहि गर्न सकिने र राम्रो कमाइ पनि गर्न सकिन्छभन्ने उद्देश्यका साथ लागिपरेकी छिन । उनकी आमा कमला पनि बिगतमा आफुले पाएको दुख र हाल छोरीले लिएको अठोटमा सहयोगी बन्न पाउदा खुसि छिन ।

व्यवसाय संचालनमा सहुलियतपूर्ण कर्जाको साथ
बिबिए अध्यायनरत सुम्निमाले संचारमाध्यमहरुबाट सरकारले २०६५ सालको बजेटमा नै उद्यम गर्न चाहनेलाई राष्ट्र बैंक मार्फत १५ लाख रुपैंयाँसम्म बिना धितो सहुलियतपूर्ण कर्जा प्रबाह गर्नुपर्ने व्यवस्था गरेको भन्ने थाहा पाएकी थिईन् ।

ब्यवस्थापनकै विद्यार्थी भएकाले यसमा उनको चासो बढ्यो । उनले धेरै बैंकहरुमा यो कर्जाको बारेमा बुझिन तर भने जस्तो सहज भने नभएको उनको अनुभब छ ।

उनको व्यवसायी बन्ने सोचमा अन्तत साथ मिल्यो प्रभु बैंकको । सुम्निमाको व्यवसायीक सोचलाइ अघि बढाउन प्रभु बैंक सकारातमक देखियो । उनले सम्पूर्ण कागजी प्रकृया पुरागरि बैंकको माहाराजगञ्ज शाखाबाट सहुलियतपूर्ण कर्जा प्राप्त गरिन जसले गर्दा उनले आफ्नो सोच अनुसारको काम गर्न पाईरहेकी छिन ।

व्यवसायीक सोचलाई बैंकको साथ
सरकारले व्यवस्था गरे अनुसार सुम्निमाले प्राप्त गर्न खोजेको सहुलियत पूर्ण महिला उद्यमशिलता कर्जा थियो । यसका लागि सरकारले सरोकारवालाहरुसँग मिलेर कार्यबिधि नै बनाएको थियो ।

कर्जा कै लागि भौतारि रहेकी सुम्निमाले आफ्नो सोच सहितको खाका प्रभु बैंकको माहाराजगञ्ज शाखामा पेश गरिन् ।उनको उक्त योजनामा बैंकले साथ दिने बचन दियो । सुम्निमाले देखेको सपना र उनको सोचको कदर गर्दै कर्जा प्रवाहको लागि सहज वातावरण बैंकले बनाई दियो ।

नेपालको बैकिङ ईतिहासमा नै बिनाधितो सहुलियत पूर्ण कर्जा प्रदान गर्ने प्रभु बैंक नै पहिलाे भएको बैंकको भनाई छ । सरकारको निर्देशन अनुसार सबैभन्दा पहिला यो प्रकारको कर्जा पाउने सुम्निमा र उनकी आमा नै हुन् ।

बैंकले लगाएको गुण प्रति आभारी हुदै सुम्निमा भन्छिन, ‘सायद प्रभु बैंक जस्ता सहयोगी अन्य बैंकहरु पनि हुने हो भने व्यवसायीक सोच भएका तर आर्थिक स्थिति कमजोर भएका यूवाहरुले स्वदेशमानै केहि गर्न सक्ने थिए । उनीहरुले रोजगारीको लागि विदेश पलायन हुनुपर्ने थिएन होला’

के हो सहुलियतपूर्ण कर्जा ?
नेपाल सरकाराले २०७५/७६ को वार्षिक बजेटबाट सहुलियतपूर्ण कर्जाको अबधारण ल्याएको हो । जस अनुसार सुरुमा ७ वटा शिर्षकमा ब्याजमा अनुदान दिने व्यवस्था थियो । त्यसलाई २०७७ साल असोजबाट ९ वटा शिर्षकमा बिस्तार गरिएको छ ।

जसमा महिलाहरुले सन्चालन गर्ने व्यवसायका लागि ६ प्रतिशत र अन्यको हकमा ५ प्रतिशत ब्याजमा अनुदान दिने ब्यबस्था छ ।यो शिर्षकको कर्जामा बैंकहरुले सेवा शुल्क लिन पाउँदैनन् भने बैंकको आधार दरमा २ प्रतिशत मात्र जोडेर ब्याजनिर्धारण गर्नु पर्ने हुन्छ ।

यसका साथै बैंकहरुले सेवाग्राहीले माग गरेको ७ दिन भित्रमा उनीहरुलाई उत्तर दिईसक्नु पर्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७७/७८ को मौद्रिक नीतिमा उल्लेख गरेको छ । यसअघि २१ दिनभित्र सेवा उपलब्ध गराईसक्नु पर्ने ब्यबस्था थियो ।

त्यस्तै वाणिज्य बैंकहरुले कम्तीमा ५०० वा न्यूनतम प्रतिशाखाले १० वा सबैभन्दा बढी जुन हुन आउँछ त्यहि तथा राष्ट्रियस्तरका विकास बैंकहरुले कम्तीमा ३०० वा न्यूनतम प्रतीशाखले ५ मध्ये जुन बढी हुन्छ सोहि सङख्यामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ ।

वि.सं.२०७७ पुस २२ बुधवार १५:४६ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...