back
CTIZAN AD

संगठनको सम्पत्ति दुरुपयोग गरिएको भन्दै ओली पक्षीय अनेरास्ववियुका नेता महरले दिए यस्तो चेतावनी

वि.सं.२०७७ पुस २२ बुधवार

3.2K 

shares

२२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षीय विद्यार्थी नेता तथा अनेरास्ववियुका संयोजक ऐन सिंह महरले संगठनको सम्पत्ति सुरक्षाका लागि कडा कदम चाल्न बाध्य हुने बताएका छन् ।

अनेरास्ववियुका सहसंयोजक तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव प्रचण्ड पक्षका विद्यार्थी नेता रन्जित तामाङको नेतृत्वको अनेरास्ववियुले नौ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै महरले यस्तो चेतावनी दिएका हुन् ।

‘यसै विषयमा अनेरास्ववियू केन्द्रीय कार्यालय बागबजारमा जम्मा भएर एक झुण्डले संगठन विरोधि क्रियाकलाप गरेको, संगठनको मूल नेतृत्व विरुद्ध तथानाम बोलेको पाइएकोले यस्ता कार्य तत्काल रोक्न आव्हान गर्दछौं,’ संयोजक महरद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै संगठनको कार्यालय, लेटर प्याड र अन्य सम्पत्तिको दुरुपयोग नगर्न सचेत गराउँदछौं । यस्ता क्रियाकलाप जारी राखे संगठनात्मक कारबाही गर्न र संगठनको सम्पत्ति सुरक्षाको लागि कडा कदम चताल्न अनेरास्ववियू बाध्य हुनेछ ।’

वि.सं.२०७७ पुस २२ बुधवार १५:४६ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...