back
CTIZAN AD

मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी

वि.सं.२०७७ पुस २२ बुधवार

666 

shares

२२ पुष, काठमाडौँ । मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मङ्गलबार काठमाडौँ लगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो ।

वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घर बाहिर ननिस्कन आग्रहसमेत गरेको थियो । माथि बादल र तल धुलोका कण जम्मा हँुदा धेरै तुवालो देखिएको थियो । भिजिबिलिटी (दृश्यता) पनि निकै कम रहेको थियो ।

आजदेखि मौसममा सुधार हुँदै आएको र केही स्थानमा मात्र थोरै बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडाँैलगायत देशभरको मौसम सफा हुँदै गएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापिय प्रणालीले केही दिन हिमाली भागमा हिमपात र काठमाडौँलगायत केही स्थानमा थोरै वर्षासमेत गराएको थियो ।

हिमपात र पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली नेपालमा कमजोर भएका कारण मौसममा सुधार आएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताए । सो प्रणालीसँगै वायुमण्डलमा भएका धुलोका कण पनि केही हदसम्म स्थानान्तरण भएको उनको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार दुई दिन नेपालका विभिन्न शहरको वायु प्रदूषणको स्तर स्वास्थ्यका लागि खतराको अवस्थामा पुगेको थियो । सामान्यतया नेपालका शहरहरुमा पहिले यो मौसममा वायु गुणस्तर सूची एयर क्वलिटी इन्डेक्स (एक्युआई) सरदर २०० भन्दा कम हुन्थ्यो तर सोमबार र मङ्गलबार भने काठमाडौँको ३३० र हेटौँडाको ४०० हाराहारी पुगेको विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए ।

विश्वमा वायु प्रदूषणको मापनअनुसार एक्युआई शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । एक्युआई ५० देखि १०० सम्मलाई ठीकै र त्यसभन्दा माथिको स्तरले अस्वस्थ वातावरणलाई जनाउँदै जान्छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण एक प्रमुख सामस्या हो भने यहाँको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा करीब पाँच गुणा माथि छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०१८ मा वायु प्रदूषणका कारण करीब ३७ हजार जनाको मृत्यु भएको थियो ।

नेपालमा हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुन्छ । वायु प्रदूषण हुनुका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्कने धुलोका कण, उद्योग तथा इँट्टाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर फाल्ने तथा बाल्नेलगायत हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउन बालिने दाउराका कारण घरभित्र वायु प्रदूषण एक समस्याका रुपमा देखा परेको छ ।

नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारणमध्ये मुटुसम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग र मष्तिस्कघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ । सरकारले मुलुककै जनघनत्व धेरै भएको काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मन्त्रिपरिषद्बाट गत फागुन १२ गते पारित गरिसकेको छ । सरोकारवाला सबै मिलेर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने वातावरणविद्हरुको सुझाव छ ।

वि.सं.२०७७ पुस २२ बुधवार १५:४५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...