back
CTIZAN AD

आज (विहिबार) राशिफल हेरेर गर्नुहोस् तपाईको दिनको सुरुवात

वि.सं.२०७७ पुस २३ बिहीवार

867 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
छोटो समयमा मनग्गे फाइदा हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ । वादविवादले आत्मसम्मानमा बाधा पुर्याउनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । तर द्वेष तथा ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । अरूको वचन हार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । परिबन्धले पनि अप्ठ्यारोमा पार्न सक्छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । अध्ययनमा सोचेको प्रगति गर्न नसकिएला। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन पनि केही समय जुट्नुपर्ला ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काममा हात हाल्ने समय छ । केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । उद्योग र व्यापारमा सामान्य लाभ उठाउन सकिनेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ । प्रतिस्पर्धीहरूले अलि दुःख देलान् । काममा आशा देखाउनेहरूबाट नै धोका पाइने सम्भावना देखिन्छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ । विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । मिहिनेत गर्दा बिस्तारै काम बन्न सक्छ । अवसर प्राप्त भए पनि दैनिकीमा परिवर्तन नआउन सक्छ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। केही उपलब्धि पनि हातलागी हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । चुनौती सुल्झनाले अप्ठ्यारो परिस्थिति पनि सकिनेछ । ठूलो फाइदा नदेखिए पनि लाभ उठाउन सकिनेछ । जीवनशैली व्यस्त रहे पनि काम सम्पादन गर्ने समय छ । टाढिएका आफन्त पनि नजिकिनेछन् ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा काम गर्ने बानीले बेलाबेला चुनौती निम्त्याउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । आफन्तजनबाट भने टाढिनुपर्ला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट सामान्य फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चलप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्न सक्छ । सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ । तर, परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। विश्वासपात्रले धोका दिने हुँदा समयमै सजग रहनुपर्ला । चिताएका काममा बाधा पुग्न सक्छ । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि उठाउन तत्काल न सकिएला । मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ । काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ । फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारका काममा प्रवृत्त भइएला ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध पनि हट्न सक्छ ।

२०७७ पुस २३ गते, बिहीवार, (७ जनवरी २०२०) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (बुधबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ पुस २३ बिहीवार ०७:३७ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...