back
CTIZAN AD

अष्ट जद्धारा सरकारलाई चेतावनी–निर्णय फिर्ता लिने कि आन्दोलनको सामना गर्ने ?

वि.सं.२०७७ पुस २३ बिहीवार

645 

shares

२३ पु्स, काठमाडौं । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी निर्णय फिर्ता लिन अष्ट ज अभियान नेपालले सरकारलाइ चेतावनी दिएको छ ।

सरकारको सो निर्णयका बिरुद्धमा बिभिन्न संघ संस्थासंग समन्वय गर्दै वृहद र एकिकृत आन्दोलनको वातावरण तयार पार्न सम्वन्धित सबैमा हार्दिक आग्रह गर्दछौ साथै त्यसबाट उत्पन्न हुने परीणामको भागीदार सरकार स्वयं हुनुपर्ने बताउदै उसले सो चेतावनी दिएको हो ।

यस सम्बन्धमा अभियानका अध्यक्षद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ‘कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी निर्णयप्रति अष्ट ज अभियान नेपाललको गंभिर ध्यानाकर्षण भएको छ ।

नेपाली उत्पादनका लागी उत्पादनमैत्री वातावरण अझै नबनेको, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा कृषिमा विदेशी लगानी नल्याउने प्रष्ट व्यवस्था रहेको र प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कृषिमा वैदेशिक लगानी खुला नगर्न निर्देशन दिएको अवस्थामा सरकारले गरेको निर्णय देशघाती हुने ठहर हामीले गरेका छौ ।

यसबारे नेपाल डेरी एसोसिएसन, केन्द्रीय पशुपन्छीपालन सहकारी संघ र नेपाल मत्स्य व्यवसायी संघ लगायत सरोकारवालाहरुको आवाज र आन्दोलनमा हाम्रो पनि एैक्यबद्धता रहेको प्रष्ट पार्न चाहान्छौ । समाजवादउन्मुख अर्थतन्त्रका लागी स्वाधिनता र आत्मनिर्भरताको बाटो छोडेर दलालहरुको हुइयामा नलाग्न तथा कृषि क्षेत्रमा लगानी भएको खरवौ सम्पतीलाइ जोखिममा नधकेल्न सरकारसंग हामी बिशेष आग्रह गर्दछौ ।

सरकारको सो निर्णयका बिरुद्धमा बिभिन्न संघ संस्थासंग समन्वय गर्दै वृहद र एकिकृत आन्दोलनको वातावरण तयार पार्न सम्वन्धित सबैमा हार्दिक आग्रह गर्दछौ साथै त्यसबाट उत्पन्न हुने परीणामको भागीदार सरकार स्वयं हुनुपर्ने बताउन चाहान्छौ । ’

जल, जमिन, जंगल, जलवायू, जनावर, जनशक्ति र जराजुरीको पहिचान, संरक्षण, सम्बद्र्धन, व्यवसायिक उत्पादन र न्यायोचित वितरणबाट आत्मनिर्भरता र स्वाधीनताको जग बसाउन सकिने भन्दै एक दशक अगाडि देखि सक्रिय यो अभियानले कृष्षक र उत्पादकहरुका समस्यामा आवाज उठाउँदै आएको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १२:१७ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...