२३ पुस, काठमाडौं । गएराति भएको खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीको दुई गोल मद्दतमा एथ्लेटिक विल्वाओमाथि जित हात पारेको छ । एथ्लेटिकको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-२ गोल अन्तरले खेल आफ्नो पक्षमा पारेको हाे ।
पहिलो हाफको तेस्रो मिनेटमानै इनाकी विलियम्सले गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । बार्सिलोनाको लागिभने खेलको १४औं मिनेटमा पेड्रीले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । पहिलो हाफकै ३८औं मिनेटमा मेस्सीले बार्सिलोनाको लागि गोल गर्दै पहिलो हाफमा २-१ को अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ६२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोव्वर बनाएका थिए । खेलको ९०औं मिनेटमा इकर मुनिएनले विल्वाओका लागि गोल गरेपनि हार टार्नभने सकेनन् ।
जितपछि १७ खेलमा ९ जित, ४ बराबरी र ४ हारको नतिजा सहित ३१ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले दुई खेलकम खेल्दै ३८ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३६ अंकसहितदोस्रो स्थानमा छ ।
वि.सं.२०७७ पुस २३ बिहीवार १२:१८ मा प्रकाशित




























