back
CTIZAN AD

वाशिंगटन हिंसा : मृत्यु हुनेको संख्या चार पुग्यो, हिंसा नियन्त्रणपछि बैठक सुरु

वि.सं.२०७७ पुस २३ बिहीवार

750 

shares

पुस २३, काठमाडौं । अमेरिकी संसद भवनमा भएको झडपमा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र प्रहरीबीच भएको झडपमा एक महिलासहित चार जनाको ज्यान गएको छ ।

हिंसामा परि दुई दर्जन बढि सुरक्षाकर्मी पनि घाईते भएकाे सञ्चार माध्यमले जनाएका छन् । घाईतमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीले हिंसामा सहभागी ५२ प्रदर्शनकारीलाई गिरफ्तार गरेको जनाएको छ । घटनापश्चात अमेरिकी राजधानी वाशिंगटन डिसीमा अहिले कर्फ्यू लगाइएको छ ।

बुधबार अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको कानुनी पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका सयौँ समर्थकहरु जर्बजस्ती संसदमा छिरेका थिए । जर्बजस्ती संसदमा छिरेका ट्रम्पका समर्थक र प्रहरीबीच झडप भएको थियो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झण्डै तीन घण्टासम्म झडप भएको थियो ।

जनाइएअनुसार सुरक्षाकर्मीले प्रदर्शनलाई नियन्त्रणमा लिएसँगै अमेरिकी संसदमा बैठक सुरु भएको छ । बैठकमा राष्ट्रपति निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ ।

सम्बन्धित समाचार

वाशिङ्टनमा कर्फ्यू, मृतक महिलाको पहिचान खुल्यो (हेर्नुस् अमेरिकी संसदभित्र भएको हिंसा तस्विरमा)

वि.सं.२०७७ पुस २३ बिहीवार १२:१९ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...