back
CTIZAN AD

आज देशैभरी थपिए कोरोनाका ४१२ संक्रमित, ४८३ जना निको, ४ जनाको मृत्यु

वि.सं.२०७७ पुस २३ बिहीवार

813 

shares

२३ पुस, काठमाडौं । नेपालमा आज ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १३२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २५१ जनासहित देशैभरी ४१२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १८२ र २३० जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १९ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा २८९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा ५० र सुदूरपश्चिम प्रदेशमा ७ जना रहेका छन् ।

आज थपिएका ४१२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४८३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । निको हुनेको यो दर ९७.४ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९०३ पुगेको छ ।

आज देशैभरी ४०९ जनामा कोरोना संक्रमण, ४९५ संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु

 

वि.सं.२०७७ पुस २३ बिहीवार १६:५२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...