back
CTIZAN AD

कालिकोट महावैमा खरको छानामुक्त अभियान शुरु

वि.सं.२०७७ पुस २३ बिहीवार

675 

shares

२३ पुष, कालिकोट । कालिकोटको महावै गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान शुरु गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न तथा खरको छानामा बस्ने परिवारलाई खरको छानामुक्त अभियान थालेको हो । गाउँपालिकाले रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिन थालेको हो ।

हावाहुरी चले खरको छानो उडाउने, आगलागी हुने र टिकाउ नहुने भएकाले खरको छानामुक्त अभियान थालिएको गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले बताए । “पहिलो चरणअन्तर्गत गाउँपालिकाले अनुदान दिएर वडा नं ७ र ८ यो अभियान शुरु गरेको छ”, उनले भने, “यो अभियान क्रमशः गाउँभरि लागू हुनेछ ।”

गाउँपालिकाभरि ३० प्रतिशत घर खरको छाना भएको र ती हटाउनका लागि गाउँ कार्यपालिकाको निर्णयानुसार खरको छानामुक्त अभियान थालिएको गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले बताए । “यो कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तह सबैले सञ्चालन गरेका छन्”, उनले भने, “गाउँपालिकाले तीनै तहका सरकारको सहयोगमा यो अभियान सञ्चालन गरिएको छ ।”

खरको छाना भएका घर निकै जोखिममा रहेको र यसले मानवीय तथा धनजनको क्षति बढी गराउने भएकाले खरको छानामुक्त अभियानको आवश्यकता देखिएको उपाध्यक्ष शाहीले बताए । “खरका छाना भएका घर विपत्तिको जोखिममा छन्”, उनले भने, “धनजनको हुने क्षति बचाउनका लागि खरको छाना हटाएर जस्तापाताको छाना राख्नेछौँं ।”

वि.सं.२०७७ पुस २३ बिहीवार १६:५६ मा प्रकाशित

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...