back
CTIZAN AD

ओलीलाई स्वागत गर्न न मुख्यमन्त्री त्रिलोचन गए न प्रतिनिधि पठाए

वि.सं.२०७७ पुस २४ शुक्रवार

711 

shares

पुस २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सुदुरपश्चिमको धनगढी पुगेका छन् । उनी आफुँ पक्षीय समुहको भेलालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् ।

ओली पक्षीय नेकपाले जनाएअनुसार उनी काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाजमार्फत अपरान्ह १२ बजे धनगढी पुगेका थिए । ओलीले आज नै धनगढीको खुल्लामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनशभालाई सम्बोधन गर्दैछन् ।

ओलीलाई स्वागत गर्न पुगेनन् प्रदेशका प्रतिनिधि

प्रधानमन्त्री प्रदेशमा जाँदा मुख्यमन्त्री तथा प्रदेशका अन्य प्रतिनिधिले स्वागत गर्ने कार्यक्रम हुन्छ । तर ओली सुदुरपश्चिम पुग्दा मुख्यमन्त्री त्रिलोचन भट्ट त आएनन् नै उनले कुनै प्रतिनिधि पनि पठाएनन् ।

उनको सचिवालयले जनाएअनुसार कार्यक्रमबारे औपचारिक जानकारी नभएकाले मुख्यमन्त्री भट्ट स्वागत गर्न विमानस्थल नपुगेका हुन् । ओलीलाई स्वागत गर्न प्रदेश प्रमुख शर्मिला त्रिपाठी भने धनगढी विमानस्थल पुगेकी थिइन् ।

पार्टी विभाजनसँगै मुख्यमन्त्री भट्ट पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको नेतृत्वको नेकपा पक्षमा देखिएका छन् । उनी स्वागत गर्न नजानुलाई सोही रुपमा बुझिएको छ ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १४:११ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...