back
CTIZAN AD

कांग्रेसले भोली ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, यस्ता छन् अन्य कार्यक्रम

वि.सं.२०७७ पुस २४ शुक्रवार

693 

shares

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा भोली देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने भएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएसँगै पुस ७ गते बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलनस्वरुप पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

पार्टीको पुस १९ गते बसेको बैठकले भोली २५ गते देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको हो ।

त्यस्तै माघ ३ गते शनिबार देशैभरीका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभा तथा माघ ८ गते विहिबार देशैभरीका ७५३ पालिकाका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादप्, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतानित्रक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण कार्य रहेको ठहर गर्दै देशैभरी एकल नेतृत्वमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १४:०८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...