२४ पौष, काठमाडौं । सिटिजन्स इन्टरनेसनल बैंकको कार्ड प्रयोग गर्ने ग्राहकले अकामा होटलमा छुट पाउने भएका छन् । बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिटरक्रेडिटरप्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंक ले लिएको छ ।
हाल बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७७ पुस २४ शुक्रवार १४:०३ मा प्रकाशित



























