back
CTIZAN AD

वन्यजन्तुको आक्रमणबाट अन्नबालीको क्षति भएको किसानलाई निकुञ्जद्वारा राहत वितरण

वि.सं.२०७७ पुस २५ शनिवार

744 

shares

२५ पुष, रसुवा । वन्यजन्तुको आक्रमणबाट अन्नबालीको क्षति व्यहोर्नु परेका किसानलाई बिहीबार राहत वितरण गरिएको छ । बँदेलबाट भएका अन्नबाली क्षतिको मूल्याङ्कन गराई सरकारी मापदण्डअनुरूप लाङ्टाङ राष्ट्रिय निकुञ्जले रू तीन हजार ५०० देखि १० हजारसम्म राहत वितरण गरेको हो ।

राहत पाउनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ निवासी किप्पा सोनाम वाइबा, सानुकाजी श्रेष्ठ, दिनेशकुमार घले, रानीमैया तामाङ, पायम छोवाङ तामाङ रहेका छन् । सोहि गाउँपालिका वडा नं ५ का खाम्सुङ तामाङ र वडा नं ३ का दावा नुर्पु तामाङले समेत राहत प्राप्त गरेका छन् ।
गत भदौमा जङ्गली बँदेलले खेतबारीमा लगाएका मकै तथा आलुमा क्षति पु¥याएको भन्ने निवेदन उपर छानविन गरी राहत प्रदान गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । मध्यवर्ती समूह गठनसम्बन्धी विषयमा पदाधिकारीलाई ऐन कानूनको थप दिशाबोध गराउन आयोजित विशेष कार्यक्रमका अवसरमा प्रदान गरिएको राहतले वन्यजन्तु प्रभावित बासिन्दाको मनोवल उच्च रहेको कार्यक्रमका प्रमुख अतिथि गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

यस्तै स्थानीयस्तरको जन सहभागिता जुटाई वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता संरक्षणको भूमिका निर्वाह गर्ने मध्यवर्ती समूहका पदाधिकारीको नयाँ छनोट प्रक्रिया आगामी माघ ६ गतेदेखि शुरू हुने प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिए । नीति नियमको अधीनमा रही गाउँ समाजमा बसोबास गर्ने आम उपभोक्ताको छलफलबाट रसुवा, नुवाकोट र सिन्धुुपाल्चोक जिल्लामा रहेका १९१ समूहका लागि ५७३ जना पदाधिकारीका लागि छनोट प्रक्रिया अगाडि बढेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

स्थानीय तहदेखि जिल्ला समन्वय समितिसम्मका जननिर्वाचित प्रतिनिधि, नागरिक समाज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षलगायत संरक्षण प्रेमीसमेतको सहभागितामा सम्पन्न भेलाले संरक्षण क्षेत्रमा पदाधिकारी छनोट गर्दा सबै व्यक्तिले आफ्ना राजनीतिक विचारधारा पर सारी निस्वार्थ भावले अगाडि बढ्ने प्रण गरेका छन् ।

वि.सं.२०७७ पुस २५ शनिवार १४:०८ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...