back
CTIZAN AD

भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई

वि.सं.२०७७ पुस २५ शनिवार

645 

shares

२५ पौष, रुपन्देही । जितगढी किल्लाको प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन् ।

बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्य पश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सम्पन्न म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका थिए ।

यसैगरी नारायण दल गण कपिलवस्तुका सुवास कार्कीले एक घण्टा १४ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए भने बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले एक घण्टा १४ मिनेट ५१ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेका थिए।
यसैगरी महिलातर्फको उपाधि गरुड दल बुटवलकी निर्मला केसीले हात पारे। उनले एक घण्टा ३३ मिनेट ३४ सकेण्डमा दूरी पार गरेका थिए ।

सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले एक घण्टा ३६ मिनेट पाँच सेकेण्डमा पार गर्दै दोस्रो भए भने गोरख दल गण पाल्पाकी मिनिसा थापा एक घण्टा ३७ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएका थिए ।

विजेता प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद रु २५ हजार, २० हजार र १५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरे। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा पर्यटनमन्त्री लीला गिरी र नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सञ्जय थापाले जितगढी किल्ला परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममा विजेता, उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

जीतगढीको सान नेपालीको पहिचान’ भन्ने नारासहित आयोजना गरिएको विजय दौडमा मुख्यमन्त्री पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए ।

हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्बिनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा समाप्त भएको थियो । जीतगढी किल्लाको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले कोरोना महामारीका बीच पनि सतर्कता अपनाएर कार्यक्रम आयोजना गरिएको नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति, उपरथी सञ्जय थापाले बताए । नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो । रासस

वि.सं.२०७७ पुस २५ शनिवार १३:४६ मा प्रकाशित

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...