back
CTIZAN AD

तीन महिनाभित्र निर्यातगृह सञ्चालन हुँदै

वि.सं.२०७७ पुस २५ शनिवार

771 

shares

२५ पुष, काठमाडौँ । निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पु¥याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह सञ्चालनसम्बन्धी कार्यविधि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष प्रस्तुत भइसकेको र तीन महिनाभित्र निर्यातगृह सञ्चालन गरिनेछ ।

नेपाल रत्न तथा आभूषण सङ्घको सोह्रौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै वन तथा भूसंरक्षणमन्त्री प्रेमबहादुर आलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने बताउँदै उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले निजी क्षेत्रलाई आर्थिक समृद्धिको साझेदार मानेर उनीहरुसँगै हातेमालो गरी आर्थिक उन्नयनका निम्ति अघि बढ्न सरकार तयार रहेको बताए ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र तदनुरुप काम भइरहेको बताउँदै एकै स्थानबाट निर्यातयोग्य सामग्रीको प्रवद्र्धन गर्न आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

उनले गरगहना बनाउने कालिगढको व्यवस्था स्वदेशमै गर्न सरकारले आवश्यक बजेट विनियोजन गरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई आवश्यक निर्देशन दिइसकेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनवटै तहका सरकारबाट उद्यमी व्यवसायीलाई सहयोग हुनुपर्नेमा जोड दिँदै अन्तर सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले कहिलेकाहीँ झञ्झट झेल्नुपरेको दुःखेसो गरे । उनले व्यावसायिक गतिविधि बढाउन तथा नीतिगत विषयमा सहजकर्ताको भूमिका निर्वाह गर्न एक संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोभिड–१९ का कारण शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई उकास्न सरकारीस्तरबाट पनि केही सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताउँदै उनले उद्योग व्यवसायका विकृतिका रुपमा रहेको ‘विचौलिया प्रवृत्ति’ अन्त्य गर्नुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष ज्योत्सना श्रेष्ठले गत आर्थिक वर्षमा रु १० खर्ब ९९ अर्ब व्यापार घाटा व्यहोरेको नेपाललाई यो वर्षको पहिलो पाँच महिनामा रु चार खर्ब ७५ अर्बको व्यापार घाटा भइसकेको सन्दर्भमा निर्यात प्रवद्र्धनमा लागेका निजी क्षेत्रका उद्यमी व्यवसायीलाई सरकारले सघाउनुपर्नेमा जोड दिए । उनले ८० प्रतिशतभन्दा बढी विदेशी कामदार रत्न तथा आभूषण व्यवसायमा रहेकाले स्वदेशीलाई सीपमूलक तालीम प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा सघाउन सरकारसँग आग्रह गरे ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाब्ु पुडासैनीले रत्न तथा आभूषण सङ्घका प्राविधिक समस्या समाधान गर्न सहजकर्ताको भूमिका विभागले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । मुुलुकको दिगो आर्थिक विकासका लागि मात्र नभई नेपाली कला र सीपलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको यथार्थ प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले सरकारले पनि सङ्घलाई हौसला दिन सोही अनुसारको व्यवहार गर्नुपर्ने विचार व्यक्त गरे ।

वि.सं.२०७७ पुस २५ शनिवार १६:३६ मा प्रकाशित

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

सभरेन एआई र बजेट रोडम्यापमा केन्द्रित ’डिजिटल गण्डकी संवाद २०२६’ भोलि पोखरामा हुँदै

पोखरा, कास्की । देशभर सूचना प्रविधिको विकास र नीतिगत बहसलाई...

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा...