back

अन्डाको मूल्य घट्यो

वि.सं.२०७३ माघ ६ बिहीवार

729 

shares
IME Limited
NTC AD

६ माघ,रत्ननगर (चितवन)। व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन् । जिल्लालाई आधार मानी अन्डाको मूल्य यही माघको पहिलो हप्तादेखि नै लागू हुने गरी घटाइएको सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो ।

ठूलो अन्डा प्रतिक्रेट फार्म मूल्य रु ३४५ र बिक्री मूल्य रु ३५० कायम गरिएको छ । मध्यम अन्डा प्रतिक्रेट फार्म मूल्य रु ३२५ र बिक्री मूल्य रु ३३० कायम गरिएको छ । यसअघि ठूलो अन्डा प्रतिक्रेट फार्म मूल्य रु ३५५ र बिक्री मूल्य रु ३६५ कायम गरिएको थियो भने मिडियम अन्डा फार्म मूल्य रु ३४० र बिक्री मूल्य रु ३५० थियो ।

जिल्लामा दैनिक करिब नौ लाख अन्डा उत्पादन हुँदै आएको छ । उत्पादनको करिब ९० प्रतिशत अन्डा काठमाण्डौं, पोखरालगायत पूर्वी नेपालमा निर्यात गरिन्छ । व्यवसायीले मौसम र समयको परिस्थिति हेरी अन्डाको मूल्य हेरफेर गर्दै आएका छन् ।

वि.सं.२०७३ माघ ६ बिहीवार १०:१३ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...