back
CTIZAN AD

राजस्व सङ्कलनमा दोब्बर वृद्धि

वि.सं.२०७३ माघ ६ बिहीवार

918 

shares

६ माघ,भद्रपुर । झापाको विरिङ नदीमा ठेकेदारले नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन गरेपछि स्थानीय जनता आक्रोशित बनेका छन् ।

ठेकेदारको लापर्बाहीले गर्दा अहिलेको समयमा सो नदीबाट नेपाल पैनी, विर्ता विरिङ मूल पैनी, हात्ती किलाजस्ता पैनीबाट स्थानीय कृषकले आ–आफ्ना बालीमा सिञ्चित गर्ने गरेका थिए ।

करिब रु तीन करोड ६० लाखमा सामहाङ विल्डर्स दमकले सो क्षेत्रमा एक मिटर गहिराइ, ४५ मिटर चौडाइका नदीजन्य पदार्थ १.६ किलो मिटर भित्रका मात्र निकाल्ने गरी जिल्ला विकास समितिसँग ठेक्का लिए पनि विल्डर्सले तोकिएको मापदण्ड बाहिर गएर करिब ७० मिटर चौडाइ र आठ फिट गहिराइ गरेर ढुङ्गा, गिटी र बालुवा झिक्ने काम गरेपछि स्थानीय जनता आक्रोशित बनेका छन् ।

ठेकेदारले ६७ हजार ५०० घन मिटर गिटी, बालुवा र ढुङ्गा मात्र झिक्ने गरी लिएको ठेक्कामा यसको तीन गुणा नदीजन्य पदार्थ निकालेकाले समस्या भएको अनुगमन टोलीको ठहर छ ।

यसअघि स्थानीय जनताले विगतदेखि नै ठेकेदारको लापर्बाहीका बारेमा जिविसलाई गुनासो गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि ठेकेदार र जिविसको नेतृत्वमा गएको अनुगमन टोलीलाई धपाएका थिए ।

स्थिति तनाव भएपछि आज पुनः सो स्थानमा गएका अनुगमन टोलीले ठेकेदारको लापर्बाही छताछुल्ल भएको र स्थानीय जनतालाई अब उप्रान्त यस्तो अन्याय हुन नदिने भनेपछि स्थिति सामान्य भएको हो ।

सो सम्बन्धमा अनुगमन टोलीमा रहेका राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका भूगर्भ शास्त्री उज्ज्वल रघुवंशीले ठेकेदारले लार्पबाही गरेको र यसबाट प्राकृतिक सम्पदा, चुरे संरक्षणमा पनि समस्या हुने बताउनुभयो ।

बुधबारे र खुदुनाबारी क्षेत्रमा करिब दुई हजार हेक्टर जग्गामा सिँचाइ भइरहेको सो नदीको अनधिकृत उत्खननले यो क्षेत्रमा खडेरी अनुभव भइरहेको, नदी किनारमा रहेका बाँस, बोटबिरुवा पनि सुक्न थालेकोे विर्ता मूल पैनीका कोषाध्यक्ष दिवा सापकोटाले बताउनुभयो ।

यस्तै, स्थानीय दुर्गा कुइँकेल, राचन्द खतिवडा र हरिप्रसाद घिमिरेले सिँचाइका सहायाक बनेको विरिङ खोलामा भएको उत्खननले हामीलाई सुकुम्बासी र भोकमरीमा धकेल्न लागेकामा चिन्ता व्यक्त गर्नुभयो ।

यस्तै, सो क्षेत्रमा एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्ने भनिएको रु २६ करोड लागतको नहर नदीबाट यस्तै उत्खनन भइरह्यो भने यो योजना तुहिने भएकाले पनि जनताले यो योजनालाई बचाउन नदीको सुरक्षामा जुटेको देखिन्छ ।

सो सम्बन्धमा जिविसले ठेकेदारको लापर्बाही भएको जनाउँदै यसको निरन्तर नियमित रुपमा अनुगमन गर्ने बताएको छ ।

वि.सं.२०७३ माघ ६ बिहीवार १०:१६ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...