back
CTIZAN AD

मेची राजमार्ग नबन्दा जनतामा निराशा

वि.सं.२०७३ माघ ६ बिहीवार

747 

shares

६ माघ,भद्रपुर । पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लालाई जोड्ने रणनीतिक महत्वको मेची राजमार्ग निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकै जनतामा निराशा छाउन थालेको छ ।

मेची राजमार्ग निर्माण गर्ने कुरा २०२८ सालदेखि उठ्दै आएको हो । विकास र समृद्धिको कुरा गर्ने राजनीतिक पार्टीका नेताहरुले यही विषयलाई उठाउँदै जनताको मत लिएर सभासद् र मन्त्री बनिसकेका छन् तर, राजमार्ग निर्माणले मूर्त रुप लिन सकेको छैन ।

झापाको केचना कवल (नेपालको सबैभन्दा होचो स्थान) बाट ताप्लेजुङको सदरमुकामसम्मको २६८ किलोमिटर बाटोलाई मेची राजमार्ग भनिन्छ । हाल ताप्लेजुङ्गको सदरमुकामदेखि चीनसँगको सीमावर्ती ओलाङचुङगोलासम्मको थप १२३ किलोमिटर बाटोलाई मेची राजमार्गमा गाभिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।

ताप्लेजुङ्गको अति विकट ओलाङचुङगोलालाई कुनै सरकारी कर्मचारीलाई सजाय स्वरुप नसिहत दिन सरुवा गर्ने स्थानका रुपमा लिइन्छ ।

मेची राजमार्गअन्तर्गत झापाको महेन्द्र राजमार्गको चारआलीदेखि ताप्लेजुङ्गसम्मको २२९ किलोमिटर बाटो पक्की भइसकेको छ । यो मार्गलाई पूर्णता दिन केचना कवलदेखि चारआलीसम्म ३९ किलोमिटर हुलाकी मार्गको फिडर सडक तत्काल निर्माण गर्नु पर्ने आवश्यकता छ ।

यो बाटोलाई दुई चरणमा निर्माण गर्न चारआलीदेखि सोमबारेसम्म २० किलोमिटर बाटो निर्माणको काम प्रारम्भ गर्न चार महिना पहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरिसक्नुभएको छ ।

करिव रु ४१ करोड ६१ लाख ८४ हजारको लागतमा निर्माण गर्ने भनेर कालिका(कनकाई) याकथुङहाङ्ग जेभीले २०७३ असोज १४ गते सम्झौता गरे पनि बाटो निर्माणको काम सुरु नहुँदा यसमा कसैको दाउपेच रहेको स्थानीय जनताको आशङ्का छ ।

इलाम, पाँचथर र ताप्लेजुङ्गभित्रको २२९ किलोमिटर बाटो पाँच वर्षअघि नै निर्माण भइसकेको छ भने केचना कवलदेखि चारआलीसम्मको ३९ किलोमिटर लामो बाटो निर्माण नहुँदा जनतामा निराशा छाएको छ ।

केचना कवलदेखि चारआलीसम्मको सडक निर्माण गर्न भारतको हैदराबादका ठेकेदारले ठेक्का लिई काम सुरु गरेको केही महिनापछि नै काम छाडी भागेको बताइएको छ । केही महिना पहिले नेपाल सरकारले सो बाटो बनाउने र भारतीय प्रविधिज्ञले रेखदेख गर्ने कुराले पनि निर्माणका काममा समस्या उत्पन्न थियो । अहिले निर्माणका सबै पक्ष नेपाल सरकारकै जिम्मा आएको छ र बाटो छिट्टै निर्माण भएमा छिमेकी मुलुकसँग सीमा जोडएको यो क्षेत्रको विकासले गति लिने र स्थानीय बासिन्दाको जीवनस्तर उकासिने केचना निवासी समाजसेवी पञ्चानसिंह राजवंशीले बताउनुभयो ।

ऐतिहासिक जनआन्दोलनसँगै दुई पटक संविधानसभाको निर्वाचन सम्पन्न भएर संविधान जारी भइसक्दा पनि बाटोको स्तरोन्नति हुन नसकेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“छिमेकी भारतमा दुई÷दुई वटा चिल्ला बाटो बनिसके, ब्रोडगेजको रेल चलिसक्यो तर नेपालमा ३९ किमि सडक बनाउन नसकिनु दुर्भाग्य हो,” उहाँले भन्नुभयो ।

भारत सरकारले पठाएको ठेकेदारलाई हेर्दा आशा जागेको तर ल्याइएका डोजर, पिङल तथा स्काभेटर पृथ्वीनगर गाविसमा थन्क्याएर भाग्नुको कारण पनि कसैले नखोज्नु दुःखको कुरा भएको केचना निमाविका प्रधानाध्यापक अमरसिंह राजवंशीले बताउनुभयो ।

सो बाटोसँग जोडिएको भद्रपुर नगरपालिका तथा पृथ्वीनगर, बनियानी, केचना, बालुवाडी, पथरिया, पाठामारी, दुवागढी, पहिलेको चन्द्रगढी र घेरावारी गाविसका जनतालाई यातायातको निकै असुविधा भइरहेको छ । अहिलेको वर्षात्ले बाटोमा खाल्डाखुल्डी भएर सवारी दुर्घटनाको सम्भावना बढेको र आधा घण्टामा सदरमुकाम चन्द्रगढी पुगिने बाटोमा दुई घण्टा भन्दा बढी समय खर्चिनु परेको दक्षिणी क्षेत्रका जनताको गुनासो छ ।

दर्जनौ चिया बगान रहेको यस क्षेत्रमा बाटोको सुगमता भए उत्पादन, बजार एवम् रोजगारमा वृद्धि हुने स्थानीय बासिन्दाको विश्वास छ ।

मेची राजमार्गको केचना कवलदेखि चारआलीसम्म पर्ने पुल, कल्भर्ट जस्ता संरचनाहरु पूर्ण रुपमा निर्माण भइसकेका छन् । बाटोको छेउमा रहेको टेलिफोन र बिजुलीको खम्बा केही स्थानमा बाहेक अन्य स्थानको सारिसकिएको छ तर बाटो कहिले निर्माण हुने भन्ने कुरामा भने अन्योल कायम नै छ ।

मेची राजमार्ग हेर्ने हुलाकी मार्ग निर्माण योजना कार्यालय सुनसरी इटहरीका अनुसार भारत सरकारको ठेक्का टुटेपछि बाटोको स्तरोन्नति गर्न सरकारले एक वर्ष पहिले रु ६० लाख दिएपनि बाटोको स्तरोन्नति हुन सकेन । अहिले ठेक्का लागेर पनि काम सुरु नभएको विषयमा बुझ्न ग्रामीण हुलाकी मार्गका प्रमुख शैलेन्द्र त्रिपाठीलाई पटक पटक सम्पर्क गर्न खोज्दा पनि उहाँ सम्पर्कमा आउन चाहनु भएन ।

यस्तै, जिल्ला विकास समिति झापाका स्थानीय विकास अधिकारी खेमराज ओझा यो बाटो नबनेर दुःख र कष्ट झेल्दैआएका जनतालाई ध्यानमा राखेर सरकारले तत्काल ठोस कदम चालिहाल्नु पर्ने धारणा राख्नुहुन्छ ।

वि.सं.२०७३ माघ ६ बिहीवार १०:२१ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...