back
CTIZAN AD

एचआइभी सङ्क्रमितहरु कठिन अवस्थामा

वि.सं.२०७३ माघ ६ बिहीवार

807 

shares

 ६ माघ,पोखरा । कास्कीको पुरुञ्चौरमा बस्दै आएका एचआइभी सङ्क्रमितलाई अहिले दैनिक जीवन धान्न निकै कठिनाइ परेकोे छ ।

आम्दानीको स्रोत नभएपछि कसरी बिहान बेलुकाको छाक टार्ने भनेर उनीहरुमा चिन्ता बढ्दै गएको हो । एचआइभी सङ्क्रमित भएपछि समाजको हेय र दुव्र्यवहारका कारण सो ठाउँमा आंकुरा केयर भिलेज संस्थाको सहयोगमा चार सङ्क्रमित र एक अपाङ्ग बस्दै आएका छन् ।

दैनिक गुजाराका लागि केही आम्दानी होलाकी भनेर पाल्दै आएका बाख्रा पनि रोग लागेर मर्न थालेपछि उनीहरुमा अबको बाँकी जीवन कसरी बिताउने हो भन्ने पिरले सताउन थालेको छ ।

विवाह गरेको पाँच वर्ष बित्न नपाउँदै आफ्ना श्रीमान्को एड्स रोगबाट मृत्यु भएपछि आपूm र छोराछोरी पनि एचआइभी सङ्क्रमित भएको थाहा पाएकी लक्ष्मी अधिकारी छाँगाबाट खसेजस्तै भइन् ।

उनका श्रीमान् राजु अधिकारी ११ वर्षको उमेरदेखि नै रोजगारीका लागि भारत गएका थिए । नोकरीको सिलसिलामा घर आउने जाने गर्थे । उनको २०५९ सालमा २८ वर्षकै उमेरमा एड्स रोगबाट मृत्यु भएपछि लक्ष्मीका सपना पनि चकनाचुर भए ।

श्रीमान्को अल्पायुमै मृत्यु, आपूm र आफ्ना दुई छोराछोरी एचआइभी सङ्क्रमित हुनुको चोट खपिरहेको अवस्थामा गाउँलेले पनि सहयोग गर्नुको सट्टा अनेक आरोप लगाएर गाउँमा बस्न दिएनन् । गाउँलेले बारम्बार अनेकौँ दबाब दिएर गाउँबाट निकालेको उनको दुखेसो छ । बुढेसकालको सहारा दिने एकमात्र छोराको मृत्यु भएपछि लक्ष्मीकी सासू खिउकुमारी अधिकारी, लक्ष्मी र दुई छोराछोरीसहित पोखरा झरेका हुन् । आम्दानीको स्थायी स्रोत नभएपछि उनी धेरै समय पोखरा टिक्न सकिनन् ।

आफ्ना बाबु चतुराखर बास्तोलाले पुरुन्चौरमै किनेर राखेको १० रोपनी जमिनमा आठ वर्षअघि लक्ष्मी आंकुर केयर भिलेज संस्था दर्ता गरी उन िबस्न थालिन् । एड्स रोग लागेर वा आमाको मृत्यु भएपछि विचल्ली र अपहेलित भएका तीन अन्य बालबालिकालाई पनि उनले संरक्षण दिएर राखेकी छन् । पोखराका निजीस्तरका विद्यालयले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि तिनीहरुलाई विद्यालयमा पढ्न नदिई निष्कासन गरेपछि लक्ष्मीले आपूmसँगै राखेर अहिले खान, बस्न र पढ्ने सुविधा दिएर राखेकी हुन् ।

कास्कीका १५ र नौ वर्षका दुई बालक र लमजुङकी एक १४ वर्षीया बालिका उनको साथमा छन् । औषधिको असरले एक बालकलाई भने पक्षघात भएको छ ।

आपूmहरुले पालेका बाख्रा बेचेर महिनामा औषत रु पाँच÷छ हजार आउने तर अहिलेको महँगीले पाँचजनाको परिवारको जीवन धान्न धौधौ भएको लक्ष्मीको गुनासो छ ।

कसैका घरपरिवारले एचआइभी रोग लागेपछि छिछी र दुर्दुर गर्ने गरेपनि सासू खिउकुमारीले भने कहिल्यै पनि आपूmलाई हेला नगरेको लक्ष्मी बताउँछिन् । दुःखका बेलामा पनि सासूको सहयोग पाएको र उहाँकै प्रेरणाबाट आपूm अहिलेसम्म ठाडो शिर गरेर हिँड्न सकेको लक्ष्मी बताउँछिन् । उनीसँगै रहेका अपाङ्ग आफ्नै दाजु चेतप्रसाद बास्तोलाले पालेका बाख्राको स्याहारसम्भार उनी गर्दछिन् ।

कास्कीमा झन्डै दुई हजार २०० एचआइभी सङ्क्रमित रहेको त्यसमा काम गर्दै आएको कम्युनिटी सपोर्ट ग्रुप पोखराले जनाएको छ । संस्थाले कास्कीलगायत अन्य जिल्लाका ५६९ एचआइभी सङ्क्रमितसँग भेटघाट, सरसल्लाह र सेवा पु¥याउँदै आएको र अन्य भने सम्पर्कमा नरहेको कार्यक्रम व्यवस्थापक लाल गुरुङले बताउनुभयो ।

उहाँका अनुसार तीमध्ये ५५७ जनाले औषधि प्रयोग गरेका छन् । अहिलेसम्म ४१ जनाको मृत्यु भएको र जसमा चारजना कास्कीका छन् ।

जिल्लास्थित एड्स रोग नियन्त्रण सङ्घले एचआइभी सङ्क्रमणबाट जोगिन विभिन्न विद्यालय र सार्वजनिक ठाउँमा सचेतनामूलक काम गर्दै आएको सङ्घका अध्यक्ष विश्वमोहन गौचनले बताउनुभयो । अहिले यौन सम्पर्कबाट भन्दा पनि लागुऔषध प्रयोग गर्दा सिरिन्जबाट एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र यसको नियन्त्रणमा सचेतनामूलक चलचित्रहरु देखाइने गरेको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०७३ माघ ६ बिहीवार १०:२८ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...