back
CTIZAN AD

किबीको बिरुवाले बजार पाएन

वि.सं.२०७३ माघ ६ बिहीवार

897 

shares

६ माघ,चरिकोट। किबी फलको बिरुवाले बजार नपाउँदा कृषक मारमा परेका छन् । किबी फलको बिरुवा रोप्ने समय भए पनि बोच गाविस–५ का विदुर बस्नेतले उत्पादन गरेर रोप्न तयार पारेको आठ हजार बिरुवाले बजार पाउन सकेको छैन । “बिरुवा बिक्री नहुँदा रु आठ लाख बराबरको नोक्सानी भएको छ,” उहाँले भन्नुभयो ।

जिल्लामा किसानले अलैँची र किबी फललाई व्यावसायिक रुपमा अगाडी बढाए पनि उत्पादित बिरुवाले बजार पाउन सकेको छैन । किबी फलको प्रति बिरुवाको मूल्य रु ४०० भए पनि हाल रु १०० मा पनि बिक्री हुन नसक्दा बिरुवा उत्पादन गर्ने कृषक मारमा परेका छन् ।

किबी फलको स्रोत केन्द्रको रुपमा सरकारले स्थापना गरेको बागवानी केन्द्र बोचका प्राविधिक गुणराज पौडेल कृषकले माग गरेको जातको बिरुवा दिन नसक्दा बिक्री गर्न समस्या भएको बताउनुहुन्छ । जिल्लाका छ वटा नर्सरीमा करिब २१ हजार बिरुवा उत्पादन भएकामा ती सबै हेवार्ड जातका भएका कारण बिक्री गर्न समस्या भएको पौडेलको भनाइ छ ।

वि.सं.२०७३ माघ ६ बिहीवार १०:२९ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...