back
CTIZAN AD

भारत र अष्ट्रेलिया बिचको तेस्रो टेस्ट रोकियो बराबरीमा, रिषभ पंतको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७७ पुस २७ सोमवार

645 

shares

२७ पुष, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको तेस्रो टेस्ट बराबरीमा रोकिएको छ ।

सिड्नीमा भएको तेस्रो टेस्टमा टस जितेर पहिलो ब्याटिङ्ग गरेको अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्गसमा ३३८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ब्याटिङ्गमा स्टिवन स्मिथले सर्वाधिक १३१ रनको पारी खेलेका थिए भने भारतका लागि बलिङ्गमा रविन्द्र जडेजाले सर्वाधिक ४ विकेट लिएका थिए ।

अष्ट्रेलिया अलआउट भएपछि आफ्नो पहिलो इनिङ्गस लिएर आएको भारत २४४ रनमा अलआउट भएको थियो । भारतका लागि शुभमन गिल र चेतेश्वर पुजाराले सर्वाधिक ५०/५० रन बनाएका थिए भने अष्ट्रेलियाका लागि प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिएका थिए ।

पहिलो इनिङ्गसमा ९४ रनले लिड लिएको अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्गस ३१२ रनमा ६ विकेट गुमाएर समाप्त गरेको थियो । दोस्रो इनिङ्गसमा अष्ट्रेलियाका क्यामरन ग्रिनले ८४, स्टिवन स्मिथले ८१ र मानर्श लबुशेनले ७३ रनको पारी खेलेका थिए । भारतका लागि भने अश्विन र शैनीले सर्वाधिक २/२ विकेट लिएका थिए ।

पहिलो इनिङ्गसमा ९४ रनको लिड र दोस्रो इनिङ्गमा ३१२ रन जोड्दैँ अष्ट्रेलियाले भारतलाई जितको लागि ४०७ रनको लक्ष्य दिएको थियो ।

दोस्रो इनिङ्गसमा भारतले पुरै ओभर खेल्दैँ ५ विकेट गुमाएर ३३४ रन बनाए पछि खेल बराबरीमा रोकिएको थियो । दोस्रो इनिङ्गसमा भारतका लागि रिषभ पंत ९७ रनको पारी खेलेर आउट भएका थिए । त्यसक्रममा उनले ३ छक्का र १४ चौका प्रहार गरेका थिए ।

तेस्रो टेस्ट बराबरीमा रोकिएसँगै ४ खेलको टेस्ट श्रृखला पनि १-१ को बराबरीमा रोकिएको छ । यी दुई टिम बिचको अन्तिम टेस्ट ब्रिसबेनमा १५ जनवरीबाट सुरु हुनेछ ।

वि.सं.२०७७ पुस २७ सोमवार १३:४६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...