back
CTIZAN AD

१० वटा कम्पनीको साधारणसभा, कसको लाभांश कति ?

वि.सं.२०७७ पुस २७ सोमवार

612 

shares

२७ पौष, काठमाडौं । लक्ष्मी बैंकसहित १० ओटा कम्पनीले मंगलवार पुस २८ गते वार्षिक साधारण सभा बस्दैछ ।

लक्ष्मी बैंक, बुटवल पावर कम्पनी, मेरो माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, साना किसान लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक, वोमी लघुवित्त वित्तीय संस्था, ङादी ग्रुप पावर, आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, एनएमबि क्यापिटलले साधारण सभा आयोजना गरेका हुन् ।

लक्ष्मी बैंकले बैंकको प्रधान कार्यालय हात्तीसारमा बिहान ११:३० बजे साधारण सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

मेरो माइक्रोफाइनान्सले होटल वाटर टावर बिदुर ३ नुवाकोटमा बिहान ११ बजे साधारण सभा आयोजना गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १६.९३९९ प्रतिशत बोनस शेयर र 0.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरि बुटवल पावर कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गहुेश्वरी मर्चेण्टले गुहेश्वरी भवन हरिहर भवन ललितपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र ३. ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, साना किसान लघुवित्तले केन्द्रिय कार्यालय काठमाडौंमा साधारण सभा बोलाएको छ । सभाले २५ प्रतिशत बोनस शेयर र १.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल एसबिआई बैंकले त्रिभुवन आर्मी अफिसर्स क्वलमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभाले ६ प्रतिशत बोनस शेयर र ३ .४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, वोमी लघुवित्त वित्तीय संस्थाले बनेपा नगरपालिका १३ साँगा लहरिखर्क पार्टीप्यालेसमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

ङादी ग्रुप पावर कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय हनुमानस्थान अनामनगरमा बिहान १० बजे सभा आयोजना गरेको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, आरविवि मर्चेण्टले केन्द्रिय कार्यालयमा र एनएमबि क्यापिटलले कम्पनीको सभाकक्ष नागपोखरीमा दिउँसो ३ बजे साधारण सभा बोलाएका छन् । आरविवि मर्चेण्ट ५ प्रतिशत नगद लाभांश र एनएमबि क्यापिटलले २१ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७७ पुस २७ सोमवार १४:१२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...