२७ पुष, काठमाडौँ । २०२१ को आईपिएलका लागि भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले आईपिएलका सबै टिमहरुलाई खेलाडी रिलिज र रिटेन गर्नको लागि अनुमति दिएको छ ।
२०२१ को आईपिएलको लागि बिसीसीआईले सानो अक्सन गर्ने निर्णय गरिसकेको छ । प्रत्यक टिमलाई अक्सन अगाडी केही खेलाडीहरु रिलिज गदैँ अक्सनमा बढि पैसाका साथ प्रवेश गर्ने मौका रहने छ । २०२१ को आईपिएल अप्रिल देखि मेको बिचमा भारतमै गर्ने योजना बिसीसीआईले बनाईरहेको छ भने आईपिएलको अक्सन फेब्रुअरी ११ मा हुने जनाईएको छ ।
२०२१ को आईपिएलमा पनि ८ टिमले भाग लिने छन । २०२२ देखी भने बिसीसीआईले आईपिएलमा भाग लिने टिमहरुको संख्या पनि बढाउने जनाएको छ । २०२२ बाट भने ८ टिमको स्थानमा १० टिमले आईपिएलमा भाग लिने छन । बिसीसीआईले २०२० को आईपिएल कोरोना भाइरसको महामारीको कारणले गर्दा युएईमा गराएको थियो ।
प्रत्यक टिमहरुसँग खेलाडीहरु रिलिज गर्नु अगाडी अक्सनको लागि बाँकि रहेको रकम :
१. किंग्स इलेवन पंजाब = १६.५ करोड
२. राजस्थान रोयल्स = १४.७५ करोड
३. सनराइजर्स हैदराबाद = १०.१ करोड
४. दिल्ली क्यापिटल्स = ९ करोड
५. कोलकत्ता नाइट राइडर्स = ८.५ करोड
६. रोयल चैलेंजर्स बैंगलोर = ६.४ करोड
७. मुंबई इंडियंस = १.९५ करोड
८. चेन्नाई सुपर किंग्स = ०.१५ करोड
वि.सं.२०७७ पुस २७ सोमवार १५:११ मा प्रकाशित




























