back
CTIZAN AD

ओली पक्षले फेरि गर्यो केन्द्रीय समिति विस्तार

वि.सं.२०७७ पुस २७ सोमवार

720 

shares

पुस २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले केन्द्रीय समितिलाई फेरि पनि विस्तार गरेको छ । नेकपाको ओली पक्षले जारी गरेको अन्तरपार्टी निर्देशन–६ अनुसार केन्द्रीय समितिलाई विस्तार गरि १५ सय १ पुर्याइएको हो ।

यसअघि पुस ७ देखि ९ सम्म बसेको उक्त समुहको केन्द्रीय समिति बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थियो । जसपश्चात ओलीले मनोनयन गर्दै १५ सय १ पुर्याएका हुन् ।

पार्टी विभाजनपूर्व नेकपाको केन्द्रीय समिति ४४६ सदस्यीय थियो । पार्टी विभाजनसँगै साबिक केन्द्रीय समितिका दुई तिहाई सदस्य पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले नेतृत्व गरेको नेकपा तर्फ लागेका थिए ।

पार्टी विभाजनको विषयमा वैद्यानिकताको लडाईँ चलिरहेको बेला ओली पक्षले आफ्नो पक्षमा बहुमत देखाउन पुरानो केन्द्रीय समितिलाई पनि यथावत राख्दै केन्द्रीय समिति विस्तार गरेको हो । हाल निर्वाचन आयोगमा कुन पक्ष वैद्यानिक भन्ने विषयमा विवाद चलिरहेको छ ।

वि.सं.२०७७ पुस २७ सोमवार १५:०७ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...