back
CTIZAN AD

१५ लाखले खोले मेरो सेयरको खाता

वि.सं.२०७७ पुस २७ सोमवार

834 

shares

१७ पौष, काठमाडौं । अहिलेसम्म मेरो सेयरको खाता १४ लाख ८० हजार ३५ जनाले खोलेको छन् । सीडीएससीका अनुसार विगत १० महिना देखि यता मेरो सेयर खाता खोल्नेको संख्या मात्रै ८ लाख २३ हजार ८१५ जनाले मेरो सेयर खोलेका छन् ।

कोरोनाका कारण जब चैत ११ गतेबाट लकडाउन शुरु भयो त्यसपछि लगानीकर्ताहरुले घरबाट नै सेयर कारोबार गर्नको लागि भन्दै मेरो सेयर लिन थालेको देखिएको छ ।

चैतभन्दा अगाडि ६ लाख ५६ हजार २२० जनाले मात्रै मेरो सेयरमा खाता खोलेको सीडीएससीले जनाएको छ। त्यस समय लगानीकर्ताहरु सेयर आवेदन दिँदा अनलाइनबाट भन्दा बैंकमा जान रुचाउने गरेका थिए ।

सीडीएससीका अनुसार चैत महिना यता ८ लाख २३ हजार ८१५ जनाले मेरो सेयर खाता खोलेका छन् । सीडीएससीका अनुसार चैत महिनामा १७ हजार ४०६, वैशाख महिनामा सबैभन्दा कम ७९८ जनाले मात्रै मेरो सेयर खोलेका थिए ।

त्यसपछि क्रमशः जेठमा २ हजार १०३, असारमा ८२ हजार ९१९, साउनमा ९५ हजार ९१४, भदौमा ९५ हजार १२, असोजमा १ लाख ९९ हजार ५४२, कात्तिकमा ७३ हजार ९४२, मंसिरमा १ लाख २६ हजार २२० र पुस महिनामा मात्रै १ लाख २९ हजार ९५९ जनाले मेरो सेयर खोलेका छन् ।

कोरोना महामारीको कारण लकडाउन भयो । त्यस लकडाउनको समयमा बैंक तथा वित्तीय संस्था नखुलेको र सेयर कारोबार अनलाइनबाट नै हुन थालेपछि लगानीकर्ताहरुले बढी मेरो सेयर प्रयोग गर्न थालेका छन् ।

पछिल्लो समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन प्रणालीलाई क्रमैसँग मजबुद बनाउँदै लगेको छ । लगानीकर्ताहरुले अनलाइनबाट नै सेयरमा आवेदन दिन पाएपछि मेरो सेयर प्रयोग कर्ता बढेका छन् ।

वि.सं.२०७७ पुस २७ सोमवार १४:४० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...