back
CTIZAN AD

निर्वाचन आयोगसँग प्रचण्ड र नेपालले मागे पार्टीसँग सम्बन्धित सबै कागजपत्र

वि.सं.२०७७ पुस २७ सोमवार

699 

shares

पुस २६, काठमाडौं । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले निर्वाचन आयोगमा बुझाएका सबै कागजपत्र माग गरेका छन् । सोमबार निर्वाचन आयोग पुगेर प्रचण्ड र नेपालले पार्टी एकतापछि बुझाएका सबै कागजात उपलब्ध गराउन माग गरेका हुन् ।

‘पार्टीको आधिकारिकतासँग सम्बन्धित विषयमा टुंगो लगाउन किन समस्या पर्यो भनि बुझ्न गएका थियौं’ आयोग पुगेका नेकपाका स्थायी समिति सदस्य लिलामणी पोखरेलले भने, ‘पार्टी एकतापश्चातका बुझाएका सबै कागजपत्रको प्रतिलिपि दिन माग गरेका छौं, उहाँहरुलाई पनि समस्या नहोस् र हामीलाई पनि जवाफ दिन सहज होस् भनेर ।’

पोखरेलले जनाएअनुसार आयोगका पदाधिकारीले पार्टीसँग सम्बन्धीत विवाद कानून बमोजिम नै गर्ने जवाफ दिएका छन । ‘हामीले कानूनले आदेश दिए बमोजिम गर्ने हो, हामीले कानून, विधि र व्यवस्थाभन्दा बाहिर केही गर्दैनौं भन्ने जवाफ उहाँहरुले दिनुभएको छ’, पदाधिकारीहरुको भनाई उद्धत गर्दै पोखरेलले भने ।

उनले अदालतबाट टुंगो नलागेसम्म निर्वाचनसम्बन्धीत सबै कार्यक्रम स्थगन गर्न पनि आफुँहरुले आयोगसँग माग गरेको जानकारी दिए । ‘प्रतिनिधि सभा विघटनको विषयमा अदालतमा बहस चलिरहेको छ, अदालतमा बहस चलिरहेको बेला निर्वाचनका कार्यक्रम अगाडि बढाउन कहिँबाट पनि मिल्दैन्’, पोखरेलले भने, ‘अदालतबाट टुंगो नलाग्दासम्म प्रक्रिया अगाडि नबढाउन पनि पत्र दिएका छौं, उहाँहरुले बुथ र मतदाताबारे मात्रै जानकारी लिएको भन्ने जवाफ दिनुभएको छ ।’

नेकपा विभाजनपश्चात साबिक नेकपाको दुई तिहाई (३१५) सदस्य आफुँसँग रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ । प्रचण्ड–नेपाल पक्षले यसअघि साबिक नेकपा २९५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित आफुँहरु आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको थियो ।

तर, निर्वाचन आयोगले भने अद्यावधिक सुधारसहितको विवरण दिन भन्दै गत बिहिबार नेकपाको दुवै पक्षलाई एक साताको म्यादसहित पत्र पठाएको थियो । जसपश्चात प्रचण्ड–नेपाल समुह निर्वाचन आयोग पुगेको हो ।

प्रचण्ड–नेपाल समुहले ओली पक्षले विस्तार गरेको केन्द्रीय समितिलाई आयोगले स्वीकार गरेको प्रति प्रश्न उठाउँदै आएको छ ।

वि.सं.२०७७ पुस २७ सोमवार १६:२६ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...