back
CTIZAN AD

यस्तो छ नेपालमा २७ पुस सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २७ सोमवार

702 

shares

२७ पुस, काठमाडौं । नेपालमा सोमबार (२७ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ८७ हजार ५५५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ३०९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४,३७३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १,२३० जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३,१४३ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १६३ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १, बागमती प्रदेशमा ७२, गण्डकी प्रदेशमा ५५, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिममा ३ जना गरी जम्मा १६३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २१ जना, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ७ जना र सुदूरपश्चिममा २ गरी जम्मा ३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा २३७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला ताप्लेजुङ र मुगु रहेको छ ।

आज थपिएका ४८८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । साथै आज ५२७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज १० जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण, ५२७ निको, १० जनाको मृत्यु
नेपालमा आज देशैभरी ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३०९ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ३१४ जनासहित देशैभरी ४८८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १९२ र २९६ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १९ जना, प्रदेश २ मा ४ जना, बागमती प्रदेशमा ३५६ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा ५६ र सुदूरपश्चिम प्रदेशमा ९ जना रहेका छन् ।

आज थपिएका ४८८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ५२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५२७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९२७ पुगेको छ । पछिल्ला केहि दिन यता घट्दै गएको मृतकको संख्यामा आज वृद्दि भएको हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३,१४२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ६, बागमती प्रदेशमा २७१५ गण्डकी प्रदेशमा ७०, लुम्बिनी प्रदेशमा १९६, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा १२९ जना गरी ३,१४३ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा १२३० जनाको उपचार भइरहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा पुस २६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २७ सोमवार १६:२३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...