back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा पुस २६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २६ आइतवार

801 

shares

२६ पुस, काठमाडौं । नेपालमा आइतबार (२६ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ८२ हजार २४६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार २८६ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४,४२२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,२४३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १,१७९ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १९१ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ३, बागमती प्रदेशमा ७९, गण्डकी प्रदेशमा ६३, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिममा ४ जना गरी जम्मा १९१ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ६ जना र सुदूरपश्चिममा २ गरी जम्मा ४४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३३८ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु र मुगु रहेको छ ।

आज थपिएका २५९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । साथै आज ५१३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ५ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९१७ पुगेको छ ।

आज देशैभरी २५९ जनामा मात्र कोरोना संक्रमण, ५१३ जना निको, ५ जनाको मृत्यु
नेपालमा आज देशैभरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार २८६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १२६ जनासहित देशैभरी २५९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ९९ र १६० जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १७ जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा १४१ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा ३९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ३१ जना रहेका छन् ।
आज थपिएका २५९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ५१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५१३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका ५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९१७ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ११७९ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १७६, प्रदेश २ मा ६६, बागमती प्रदेशमा ३० गण्डकी प्रदेशमा २६६, लुम्बिनी प्रदेशमा ४२९, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा २०० जना गरी ११७९ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३२४३ जनाको उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या ४,६८१ मात्रै, यस्तो छ अन्य विवरण

वि.सं.२०७७ पुस २६ आइतवार १७:०९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...