२५ पुस, काठमाडौं । नेपालमा शनिबार (२५ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ७८ हजार ८४७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार २८६ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ४,६८१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३२९२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १,३८९ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १८६ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४, बागमती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ६२, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ४ जना गरी जम्मा १८६ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २१ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ७ जना र सुदूरपश्चिममा २ गरी जम्मा ३८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३३८ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला सोलुखुम्बु र मुगु रहेको छ ।
आज थपिएका ३६२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६४ हजार ८१३ पुगेको छ । साथै आज ६९९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९१२ पुगेको छ ।
आज ३६२ जनामा कोरोना संक्रमण, ६९९ जना निको, ३ जनाको निधन
नेपालमा आज देशैभरी ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार २८६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १९४ जनासहित देशैभरी ३६२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १५९ र २०३ जना पुरुष रहेका छन् ।
संक्रमित थपिनेमा प्रदेश १ मा ६ जना, बागमती प्रदेशमा २३९ जना, गण्डकी प्रदेशमा २१ जना, लुम्बिनी प्रदेशमा ४६, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा ४२ जना रहेका छन् ।
आज थपिएका ३६२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ६९९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६९९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । निको हुनेको यो दर ९७.५ प्रतिशत हो ।
त्यसैगरी आज देशैभरी३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९१२ पुगेको छ ।
कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १५६१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १८४, प्रदेश २ मा ६३, बागमती प्रदेशमा २४४ गण्डकी प्रदेशमा ३१४, लुम्बिनी प्रदेशमा ३९९, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा १७७ जना गरी १३८९ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३२९२ जनाको उपचार भइरहेको छ ।
हेर्नुहोस् यस्तो छ नेपालमा २४ पुस सम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ पुस २५ शनिवार १७:०३ मा प्रकाशित






























