back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा २४ पुस सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २४ शुक्रवार

678 

shares

२५ पुस, काठमाडौं । नेपालमा शुक्रबार (२४ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ७४ हजार ५६१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार २६९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ५,०२१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,४६० जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १,५६१ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १८२ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४, बागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा ६५, लुम्बिनी प्रदेशमा ४३, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ४ जना गरी जम्मा १८२ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा १ गरी जम्मा ३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३३८ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला सोलुखुम्बु, सल्यान र मुगु रहेको छ ।

आज थपिएका ५५४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । साथै आज ५८५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९०९ पुगेको छ ।

२४ घण्टामा थपिए ५५४ कोरोना संक्रमित, ५८५ जना निको, ६ जनाको निधन

नेपालमा आज देशैभरी ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार २६९ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २०७ जनासहित देशैभरी ५५४ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १८८ र ३६६ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १२४ जना, प्रदेश २ मा १२ जना, बागमती प्रदेशमा २३२ जना, गण्डकी प्रदेशमा ६२ जना, लुम्बिनी प्रदेशमा ६८, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ४६ जना रहेका छन् ।

आज थपिएका ५५४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ५८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५८५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । निको हुनेको यो दर ९७.४ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९०९ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १५६१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा १०४, प्रदेश २ मा ५७, बागमती प्रदेशमा ४७५ गण्डकी प्रदेशमा २८१, लुम्बिनी प्रदेशमा ४०८, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा २१९ जना गरी १,५६१ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३४६० जनाको उपचार भइरहेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २४ शुक्रवार १६:४५ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...