back
CTIZAN AD

ललितपुरले २०० जनालाई साइकल खरीदका लागि सहयोग गर्ने

वि.सं.२०७७ पुस २४ शुक्रवार

612 

shares

२४ पौष, ललितपुर । ललितपुर महानगरपालिकाले साइकल चलाउन इच्छा भएका तर साइकल नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएको छ ।

साइकल यात्रीलाई प्रोत्साहन गर्ने सम्बन्धमा आज महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडिपी०का आवासीय प्रतिनिधि आसानी मेदागन्गोडाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा प्रमुख महर्जनले महानगरपालिकालाई स्मार्ट शहर बनाउने योजनानुरुप मोबाइल एप्समार्फत साइकल प्रयोगकर्तालाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “साइकल चलाउन इच्छुक तर खरीद गर्ने क्षमता नभएका २०० जनालाई साइकल किन्न सहयोग गर्ने भएका छौँ । महानगरपालिकाको वातावरण सुधारका लागि बढी समय साइकल प्रयोग गर्ने व्यक्तिको पहिचान गरी उपहारको व्यवस्थासमेत गर्नेछ ।” महानगरपालिकाले ‘ग्रीन गेम’ नामक परियोजनामार्फत विभिन्न ठाउँमा हरियाली प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम ल्याउने उहाँको भनाइ छ ।

युएनडिपीका प्रतिनिधि मेदागन्गोडाले सो अभियानले साइकल चलाउन रुचि राख्नेलाई प्रेरित गर्ने धारणा राख्नुभयो । उनले भने, “काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भौगोलिक कठिनाइ हुँदाहुँदै पनि महानगरपालिकाले पहिलो चरणमा लगनखेल, मङ्गलबजार र पुल्चोक हुँदै कुपण्डोलसम्म १० किलोमिटर साइकल लेन बनाएर मुलुकमै उदाहरणीय काम गरेको छ ।” यो अभियानले शहरको वातावरण संरक्षण गर्नुका साथै आउँदो पुस्तालाई सुन्दरता कायम राख्न जिम्मेवार बनाउने विश्वास समेत उनले लिए ।

महानगरपालिकाका सूचना अधिकारी रुद्र गौतमले अब बन्ने दोस्रो चरणको साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको बताए । उनले भने, “अब बन्ने लेनका लागि सम्बन्धित निकायसँग समेत छलफल भइसकेको छ ।”

साइकल सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले साइकल लेन निर्माणमा थुपै चुनौती रहेको बताउँदै महानगरपालिकाले दोस्रो चरणअन्तर्गत अब २२ किलोमिटर लेन निर्माणको काम अघि बढाइने भएको जानकारी गराउनुभयो । साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुगडले वर्तमान समयमा वायु प्रदूषण बढिरहेको हुँदा साइकल प्रयोगकर्ता बढाउनसके मानव स्वास्थ्य जोखिममुक्त हुने विचार व्यत्तm गरे ।

कार्यक्रममा महानगरपालिकाले साइकल लेन निर्माणका लागि गत आर्थिक वर्ष २०७५÷०७६ को बजेटमार्फत रु ५० लाख र २०७६÷०७७ को बजेटमा पनि ५० लाख छुट्याएर काम गरिरहेको जनाइएको छ । महानगरपालिकाले साइकल लेन बनाउँदा समेतसाइकल ऐन भने हालसम्म बनाउन सकेको छैन ।

यसैगरी महानगरपालिकाले एशियन विकास बैंक ९एडिबी० को रु ५४ करोड आर्थिक सहयोगमा वाग्मती नदी, शङ्खमूल, कुम्भेश्वर, महापाल, कुमारीपाटी, मङ्गलबजार, टङ्गाल र लगनखेलसम्म ट्रंक लाइन परियोजना अर्थात् भूमिगत तवरबाट बिजुली र टेलिफोनको तार, ढल र खानेपानीको व्यवस्थापन गर्न थालिसकेको छ । रासस

वि.सं.२०७७ पुस २४ शुक्रवार १६:४० मा प्रकाशित

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल

काँक्रेविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

कामपाले शिक्षण अस्पताललाई उपकरण प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई...