back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २३ बिहीवार

699 

shares

२३ पुस, काठमाडौं । नेपालमा बिहिबार (२३ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ६९ हजार २९२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार १३२ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ५,०५८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,४९७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १,५६१ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १८४ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ३, बागमती प्रदेशमा ६८, गण्डकी प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ४०, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ६ जना गरी जम्मा १८४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा १ गरी जम्मा ३२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३४२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला सोलुखुम्बु, डोल्पा र मुगु रहेको छ ।

आज थपिएका ४१२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । साथै आज ४८३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ४ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९०३ पुगेको छ ।

आज देशैभरी थपिए ४१२ कोरोना संक्रमित, ४८३ जना निको, ४ जनाको मृत्यु
नेपालमा आज ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १३२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २५१ जनासहित देशैभरी ४१२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १८२ र २३० जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १९ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा २८९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा ५० र सुदूरपश्चिम प्रदेशमा ७ जना रहेका छन् ।

आज थपिएका ४१२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४८३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । निको हुनेको यो दर ९७.४ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका ४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९०३ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १५६१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा १०४, प्रदेश २ मा ५७, बागमती प्रदेशमा ४७५ गण्डकी प्रदेशमा २८१, लुम्बिनी प्रदेशमा ४०८, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा २१९ जना गरी १,५६१ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा १,५६१ जनाको उपचार भइरहेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा पुस २२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २३ बिहीवार १७:१७ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...