back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा पुस २२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २२ बुधवार

684 

shares

२२ पुस, काठमाडौं । नेपालमा बुधबार (२२ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ६४ हजार १६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ६ हजार ७०९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ५,१३३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,५२५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १,६०८ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा २०३ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ५, बागमती प्रदेशमा ७१, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ४४, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिममा ७ जना गरी जम्मा १९७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १७ जना, गण्डकी प्रदेशमा ५ जना, लुम्बिनी प्रदेशमा ७ जना र कर्णाली प्रदेशमा १ गरी जम्मा ३० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३४२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला सोलुखुम्बु, डोल्पा र मुगु रहेको छ ।

आज थपिएका ४०९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । साथै आज ४९५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८९९ पुगेको छ ।

आज ४०९ जनामा कोरोना संक्रमण, ४९५ संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु
नेपालमा आज ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार ७०६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १८४ जनासहित देशैभरी ४०९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १४४ र २६५ जना पुरुष रहेका छन् ।

संक्रमित थपिनेमा प्रदेश १ मा १३ जना, प्रदेश २ मा ५ जना, बागमती प्रदेशमा २६७ जना, गण्डकी प्रदेशमा ४१ जना, लुम्बिनी प्रदेशमा ७६ र सुदूरपश्चिम प्रदेशमा ७ जना रहेका छन् ।

आज थपिएका ४०९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६३ हजार ३१० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४९५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । निको हुनेको यो दर ९७.३ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८९९ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६०८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ९७, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ४६२ गण्डकी प्रदेशमा ३०९, लुम्बिनी प्रदेशमा ४१३, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा २५९ जना गरी १६०८ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,५२५ जनाको उपचार भइरहेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा २१ पुस सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २२ बुधवार १६:५० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...