back
CTIZAN AD

बेलायतमा रहेका एक गुल्मेली दम्पत्तीको पाँच दिनको अन्तरालमा निधन

वि.सं.२०७७ पुस २३ बिहीवार

1.1K 

shares

२३ पुष । गुल्मी चन्द्रकोट ४ रेमी शान्तिपुर जन्म घर भई हङकङ हुँदै बेलायत पुगेका एक दम्पतीको पाँच दिनको अन्तरालमा निधन भएको छ ।

बेलायतको Tonbrige Kent मा बस्दै आएका गुल्मी जिल्ला समाज यूकेका आजीवन सदस्य साथै भार्सेली समाज युकेका आजिवन सदस्य समाजसेवी श्रीमान श्रीमतीको मात्र ५ दिनको फरकमा निधन भएको गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष  हाल सल्लाहकार रहेका ओम थापा काउचाले जानकारी दिएका छन् ।

काउचाका अनुसार विजय कुमार पुनको आज बिहिबार ४९ बर्षको अल्पआयुमा निधन भएको छ, उनकी धर्मपत्नी रत्ना कुमारी गुरूङ पुनको ५१ बर्षको उमेरमा जनवरी ३ को को दिन Maidstone and Tonbridg wlles Hospital मा उपचारको क्रममा निधन भएको थियो । उनीहरुका दुई छोरी र एक छोरा रहेका छन् ।

पुन दम्पत्तीको निधनको खबरले बेलायतबासी गुल्मेली अत्यन्तै मर्माहित भएको काउचाले बताए । प्रथम नौमती बाजा गुल्मी युके समुहको प्रमुख संयोजकसमेत रहेका काउचा भन्छन् ‘यस दुखद घडिमा शोकाकूल परिवारलाई धैर्य धारण गर्ने प्रबल शक्तिको कामना, साथै स्मृतात्मालाई चीर शान्तिको प्रार्थना अनि भावपूर्ण श्रदाञ्जलि अर्पण गर्दै हार्दिक समबेदना प्रकट गर्दछु।’

विजयसँगका दिनहरुको स्मरण गर्दै फेसबुकमा काउचाले लेखेका छन् ‘बिजय भाई सदै दाई भन्दै तिम्रो कल आउथियो गुल्मी चन्द्रकोट को आफ्नो जन्मेको ठाउको शुभचिंतक भएर निकै चोसोका चिन्तन गर्दथ्यौ तर आज देखी रहेनौ अती दुखी छु । तिम्रा भबिष्य कर्णधार नानीहरूलाई तिमीहरू को आत्माले देखेका छौ होला । दैवसंग केही लागेन चिन्ता नलिनु । उनीहरूको निम्ती सक्दो भ्याएसम्म गार्जेनको निम्ती हामी छौ। तिम्रो जेदीको बाँचा सगै बाच्ने सगै मर्ने बाँचा पुरा गरेको होला दुबैको आत्माले शान्ती पाओस । उही तिम्रो ओम दाई ।’

वि.सं.२०७७ पुस २३ बिहीवार १८:४२ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...