back
CTIZAN AD

मिडियाको एकाधिकार सोसल मिडियाले तोड्दै छ

वि.सं.२०७७ पुस २३ बिहीवार

711 

shares

पुरानो मिडीयाले स्रोतको हवाला दिएर तोरमरोड गर्दै स्वार्थका आधारमा समाचार पस्कन्छन् भने अहिले सोसल मिडियाले श्रोत आफै नै बोलिरहेको छ । सोसल मिडिया बिचौलियाबिहीन समाचार हो ।

परम्परागत घरानीया मेनस्ट्रिम मिडियाको एकाधिकार सोसल मिडियाले तोड्दै लगेको छ । यसबाट प्रत्येक व्यक्ति आफै मिडियाकर्मी वा आफै नै स्रोत वा सम्वाददाता बनेका छन् । यो डाइरेक्ट डिमोक्रेसीको अत्याधुनिक रूप पनि बनेको छ। डाईरेक्ट डिमोक्रेसीले सत्ताधारी र राज्य संचालकहरूको पारम्परिक मिडियाले भन्दा बढी गिदी खल्बलाईरहेको हुन्छ र छ, जो देखिएकै छ। पुरानो मिडीयाले स्रोतको हवाला दिएर तोरमरोड गर्दै स्वार्थका आधारमा समाचार पस्कन्छन् भने अहिले सोसल मिडियाले श्रोत आफै नै बोलिरहेको छ । सोसल मिडिया बिचौलियाबिहीन समाचार हो । यसैले राज्य, सरकार वा स्वार्थी तत्वहरू मिलेर सोसल मिडीयाकर्मीमाथि नियन्त्रण लाद्न खोज्छन्, खोजिरहेका छन् र खोजिरहने छन् ।

जनताको ईमान्दार सेवा गर्ने नेता जुनकुनै दलका हुन् आदरणीय हुन्छन् । राजनीति जनसेवामा होस्, दल चाहे जे सुकै होस् । जब जनसेवा नै प्रमुख ध्येय बन्छ, राजनीति गतिशील भईहाल्छ । जड राजनीति कहिल्यै जनसेवी हुन सक्दैन । किनभने जनताका समस्या र दुस्ख स्वयं गतिशील भईरहन्छ जसको समाधान गतिशिल राजनीतिले मात्र गर्ने सामर्थ्य राख्छ । कुनै राजनीतिक संगठनमा आवद्ध हुनु भनेको आस्था हैन, त्यो कुनै काम संगठित भएर गर्दा मात्र गन्तव्य हासिल गर्न सकिन्छ भन्ने प्रकृया र विधि मात्र हो । लोकतन्त्रमा आस्था हुनु मानवको स्वभाव हो तर अमुक दलमा आस्था हुनु लोकतान्त्रिक संस्कार होईन, हुदैन। दलीय आवद्धतालाई आस्था ठान्यो भने अन्तत: उ बहुलाई छाड्छ। किनभने गतिशिल राजनीतिक दलमा आस्था भन्ने कुरै हुदैन, नत्र त्यो दल नै हुदैन, त्यस्तो सोचाईको जमाना उहिल्यै मरिसकेको हो तर बिडम्बना, नेपालमा जिउँदो राख्न खोजिन्छ । त्यसैले यहॉ लोकतन्त्रको फुचबलको हावा सधै फुस्किरहेको पाईन्छ।

म सोसल मिडियामा सक्रिय रहेको त्यो बेलादेखि हो जुन बेला जुन बेलादेखि नेपालमा यसको सुरूवात भएको थियो, १२ वर्ष पुगिसकेको छ।

म अक्सर कतिपय स्टेटस आफ्नो कुरामा मत नराखी लेख्ने गर्छु, पाठकले आफै बोलून भनेर लेख्छु। तिनको मनमा के तरंग ल्याउछ भन्ने उद्देश्यले लेख्ने गरेको हुन्छु । पाठकहरूको प्रतिक्रियाले म तिनको मनमा गढेको धारणा, जडता वा भावनाबाट अवगत हुन्छु । ती प्रतिक्रियाप्रति पनि म त्यति साह्रो जवाफ लाउन्न, जबसम्म मलाई ठाडै व्यक्तिगत तारो बनाईन्न वा अनर्गल आक्षेप लगाईन्न वा बोल्नैपर्ने गरी प्रष्ट पारिदिनुपर्ने हुन्छ । सबै त्यस्ता प्रतिक्रियाको प्रतिक्रिया गर्नु बेकार हो तर पनि, नदिई नहुने अवस्थामा म प्रतिक्रिया पनि दिने गर्छु । म लगभग सबै प्रतिक्रिया पढ्ने गर्छु। मैले प्रतिक्रिया गर्नुको कारण प्रतिक्रिया लेख्नेहरूलाई भन्दा पनि प्रतिक्रिया पढ्ने अन्य पाठकलाई बढी रोचक हुन्छ होला भनेर हो। दुषित प्रतिक्रिया दिनेलाई भने मेरो प्रतिक्रिया झन् ठहरै पार्ने वा घोचक हुन सक्छ।

नेपाल सतीले हैन नेपालीहरूको आफ्नै मतिले सरापेको देश हो । सतीको कृपाले त आजसम्म नेपाल अक्षुण्ण, शान्त मुलुक रहदै आएको हो। नेपालीहरूले आफ्नो मतिले सरापेकोले अनावश्यक, अनाहक, कुतकुति निम्त्याएर नचिलाएको छाला कन्याई कन्याई दुःख बेसाईरहेका हुन्छन्।

मेरो कर्मका कारण मैले र मुलुकले दुःख पाएको हो कि भनेर गंभीर ध्यान जप गर्न जरूरी भएको छ। यसले मात्र नेपालीको मति सही दिशामा हिड्न थाल्ने कल्पना गर्न सकिन्छ।

वि.सं.२०७७ पुस २३ बिहीवार १९:०६ मा प्रकाशित

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...