back
CTIZAN AD

गुट भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘नेकपा अझै पनि एक हुने सम्भावना छ’

वि.सं.२०७७ पुस २३ बिहीवार

675 

shares

२३ पुष । दुई तिहाई मत पाएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) यतिबेला दुई समूहमा विभक्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभक्त भएको हो । दुवै समूह एकले अर्को पक्षलाई आरोपप्रत्यारोप र गालिगलौजमै आइरहेका छन् ।

यसैबेला प्रधानमन्त्री नेतृत्वको नेकपाका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने अझै पनि पार्टी एक हुने सम्भावना रहेको बताएका छन् ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ खाडीचौरमा ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।

उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गर्दै अध्यक्ष पुष्पकमल दाहालले गल्ती स्वीकार्दै फर्किए पार्टी एक हुने बताएका छन् । ‘प्रचण्डले सबै गल्ती सच्याएर फर्किनुभयो भने पार्टी एक हुने सम्भावना छ, उनले भने ।

पार्टीभित्रको काम गर्न, एकताको बाँकी काम सकाउन, महाधिवेशन केन्द्रित काम गर्न अधिकार दिएकोमा जिम्मेवारी पूरा नगरेको र त्यसैकारण दाहालको कार्यकारी अधिकार खोसेको उनको भनाइ छ ।

उनले आगामी वैशाखमा जसरी पनि निर्वाचन भएरै छाड्ने समेत बताएका छन् ।

वि.सं.२०७७ पुस २३ बिहीवार १९:३१ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...