back
CTIZAN AD

अध्यक्ष डा. लोहनीको उपस्थितिमा राप्रपा नुवाकोटले मनायो पृथ्वी जयन्ति

वि.सं.२०७७ पुस २७ सोमवार

756 

shares

२७ पुष, नुवाकोट । नुवाकोट राप्रपा नुवाकोटको आयोजनामा आज २९९औँ पृथ्वी जयन्ती विदुरको पिपलचौतारामा भेला भएर भव्य रुपमा मनाएका छन। राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा गाउ गाउबाट सहभागी रहेका थिए।

भेलालाई सम्वोधन गर्दै अध्यक्ष लोहनीले नेपाल र नेपालीको पहिचान दिने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको व्यक्तित्वबारे प्रकाश पारेका थिए । राष्ट्रिय एकताका प्रवद्र्धक, उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने निति नेपालको आफ्नो मौलिक स्थानिय संस्कृतिका संरक्षक नेपाली भुराजनिति परिवेसमा सन्तुलित परराष्ट्र नितिका श्रृजनाकार तथा नेपालका राष्ट्रनिर्माताका रुपमा पृथ्वीनारायाण शाहको संस्मरण गरेका थिए ।

‘जनतालाई सुशासनको अनुभुति गराउन घुस लिन्या र दिन्या दुवै नेपाली जनताका सत्रु हुन र उनिहरुको सम्पति जफत गर्नुपर्छ भन्ने उनक‍ो उपदेश आजको समयमा सुशासनको प्रमुख आधार हुने स्पष्ट छ, उनले भने ।

तर दुर्भाग्यवस पृथ्वीनारायण शाहका निति र अभिव्यक्तिहरुलाइ आजको अग्रगामी भन्नेहरुले उपेक्षा गरेर देशलाइ कमजोर बनाउनुको साथै अन्तर्राष्ट्रिय क्रिडास्थलमा परिणत गरि राष्ट्रको अखन्डता र स्वतन्त्रतासंग खेलवाड गरिरहेको प्रति गुनासो गरे ।

सम्बोधनकै क्रममा उनले प्रम ओलिले गुटगत स्वार्थलार्इ लिएर गरेका असंवैधानिक कदमको राप्रपा घोर विरोध र भत्सर्ना समेत गरेका थिए ।

सभालाइ राप्रपा केस झनक प्याकुरेल, जनकराज पाठक, दिपक राई, राजु लोहनि लगायतले सम्वोधन गरेका थिए।
सभाको सभापतित्व राप्रपा नुवाकोटका अध्यक्ष कुल वा खडगिले गरेका थिए ।

वि.सं.२०७७ पुस २७ सोमवार १६:०४ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...