back
CTIZAN AD

भारतलाई अर्को ठुलो झट्का; अन्तिम टेस्टबाट बाहिरिए जसप्रीत बुमराह सहित यी दुई दिग्गज खेलाडी

वि.सं.२०७७ पुस २८ मंगलवार

804 

shares

२८ पुष, काठमाडौँ । भारतीय क्रिकेट टिमलाई अष्ट्रेलिया विरुद्धको चौथो तथा अन्तिम टेस्ट अगाडी अर्को ठुलो झट्का लागेको छ । भारतीय क्रिकेट टिमका फास्ट बलर जसप्रीत बुमराह, अलराउण्डर रविन्द्र जडेजा र ब्याट्सम्यान हनुमा विहारी अष्ट्रेलिया विरुद्धको चौथौँ टेस्ट अगाडी टिमबाट बाहिरिएका छन।

भारतीय क्रिकेट र्बोडले ट्वीटरबाट ट्वीट गदैँ रविन्द्र जडेजा र हनुमा विहारी अष्ट्रेलिया विरुद्धको अन्तिम टेस्टबाट बाहिरिएको जानकारी दिएको छ । त्यसैगरि जसप्रीत बुमराह चौथो टेस्टबाट बाहिरिएको जानकारी क्रिकबजले दिएको छ ।

तेस्रो टेस्ट अष्ट्रेलियासँग बराबरीमा रोक्नका लागि रविन्द्र जडेजा, जसप्रीत बुमराह र हनुमा विहारीले निकै महत्वपूर्ण भूमिका खेलेका थिए । रविन्द्र जडेजा र हनुमा विहारी दुवै खेलाडी अष्ट्रेलिया विरुद्धको तेस्रो टेस्टमा ब्याटिङ्ग गर्ने क्रममा चोटिल हुन पुगेका थिए भने जसप्रीत बुमराह बलिङ्ग गर्ने क्रममा चोटिल भएका थिए ।

भारत र अष्ट्रेलिया बिचको ४ खेलको टेस्ट श्रृखला १-१ को बराबरीमा रहेकाे छ । यी दुई टिम बिचको चौथो तथा निर्णायक टेस्ट जनवरी १५ बाट सुरु हुने छ ।

वि.सं.२०७७ पुस २८ मंगलवार १०:०५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...