back
CTIZAN AD

ट्रम्पसहित ७० हजार समर्थकका ट्विटर एकाउण्ट परे निलम्बनमा

वि.सं.२०७७ पुस २८ मंगलवार

741 

shares

पुस २८, काठमाडौं । अमेरिकी संसदमा भएको हिंसात्मक घटनालाई लिएर ट्विटरले ७० हजार एकाउण्टलाई निलम्बन गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार घटनालाई लिएर ट्विटरले हालका राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उनका ७० हजार समर्थकको एकाउण्ट निलम्बन गरेको हो ।

जनाइएअनुसार ट्विटरले हिंसात्मक घटनालाई प्रचार गर्न खोज्ने एकाउण्टहरुलाई निलम्बन गरेको हो । ट्विटरले यसबारे आफ्नो आधिकारिक एकाउण्टमार्फत जानकारी पनि दिएको छ ।

हिंसात्मक घटना लगत्तै फेसबुक र इन्स्टाग्रामले पनि हिंसात्मक घटनालाई प्रचार गर्ने एकाउण्टहरुलाई बन्द गरिदिएको थियो ।

संसद घटनामा परि ५ जनाले ज्यान गुमाएका थिए

गत बुधबार अमेरिकी संसदमा भएको हिंसात्मक घटनामा पनि ५ जनाको ज्यान गएको थियो । घटनामा एक प्रहरी र चार ट्रम्प समर्थकले ज्यान गुमाएका थिए ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितलाई प्रमाणित गर्न बसेको संसद बैठकलाई अवरुद्ध गर्न ट्रम्प समर्थकले संसदलाई कब्जा गर्ने प्रयास गरेका थिए । जुन मुडभेडमा गोली चल्दा ज्यान गएको हो ।

वि.सं.२०७७ पुस २८ मंगलवार १२:२३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...