२८ पुष, काठमडौँ । सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले आफ्नो दशौँ खेलमा पर्थ स्कोर्चस विरुद्ध टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य लिएका छ ।
हेबार्ट हुरिकेन्स अकं तालिकामा ९ खेलबाट १९ अकं जोड्दै चौथो स्थानमा रहेको छ भने पर्थ स्कोर्चस ८ खेलबाट १६ अकं जोड्दैँ पाँचौँ स्थानमा रहेको छ । यदी आजको खेलमा होबार्ट हुरिकेन्स विजयी भएमा अकं तालिकाको दोस्रो स्थानमा उक्लने छ । पर्थ विरुद्धको खेलमा पनि नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले मौका पाएका छन ।
होबार्ट र पर्थ बिचको खेल नेपाली समय अनुसार २:०० बजे बाट सुरु हुनेछ ।
होबार्टको प्लेइङ्ग-११
डार्सी शर्ट, बने म्याकडर्मोट, डविड मलान, कोलिन इंग्राम, नेथन एलिस, पिटर ह्यान्डसकोम्ब, टिम डेविड, स्कट बोल्यान्ड, रिले मेरिडिथ, सन्दिप लामिछाने, मिचल ओवन ।
पर्थको प्लेइङ्ग इलेवन-११
जेसोन रोय, लियाम लिभिंगस्टोन, जोश इंगलिस , क्यामरन बेनक्राफ्ट, मिशेल मार्श, एस्टन टर्नर, एरण हार्डी, जेइ रिचर्डसन, एन्ड्र्यू टाय, जेसन बेहरेन्डोर्फ, फवाद अहमद
वि.सं.२०७७ पुस २८ मंगलवार १३:२९ मा प्रकाशित




























