२८ पुस, एजेन्सि । जो बाइडेनले सपथ लिनुअघि ट्रम्प समर्थकले पुन: अमेरीकाको विभिन्न स्थानमा हिंसा फैलाउन सक्ने एफबिआईले चेतावनी दिएको छ ।
एफबिआईका अनुसार ट्रम्प समर्थकले जनवरी २० मा हुने जो बाइडेनको सपथअघि वासिङ्टन लगाएत देशको सम्पूर्ण ५० राज्यमानै प्रदर्शन गर्न लागेका छन । उक्त समारोहलाई मध्यनजर राख्दै हाल अमेरीकाकाे सबै राज्यहरुको सुरक्षा व्यावस्था बढाईएको बिबिसिले जनाएको छ ।
उता, नव निर्वाचित राष्ट्रपति बाइडेनले भने आफु जनवरी २० मा सपथ लिनको लागि निडर रहेको बताउदै आएका छन् । ट्रम्प समर्थकले चुनाबि नतिजाको विरोधमा संसद भवनमा आक्रमण गरेको दुई हप्ता पछि नवनिर्बाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले सपथ लिदै छन् ।
यसैबीच अमेरिकी रक्षा मन्त्रालयले बाइडेनको सपथका लागि १५ हजार नेशनल गार्ड खटाउन स्वीकृति दिएको छ। अघिल्लो साता ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेपछि अहिले ६ हजार २०० नेशनल गार्ड वासिङ्टनमा खटाइएको छ। १० हजार जनालाई आउने साता खटाइने छ भने थप ५ हजारलाई पनि तयारी अवस्थामा राखिने भएको छ ।
वि.सं.२०७७ पुस २८ मंगलवार १३:३३ मा प्रकाशित






























