२८ पुस, काठमाडौं । स्याङ्जाका एक युवा काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मृत भेटिएका छन् ।
स्याङजा वालिङ नगरपालिका ४ दारकोटका अन्दाजी २८ वर्षीय देव मगर मंगलबार बिहान ८ः३० बजे चन्द्रागिरी नगरपालिका वडा नं ११ संतुगलमा रहेको बंगलामुखी मिल नजिकैको नालिमा मृत अवस्थामा भेटिएका हुन् ।
महानगरीय प्रहरी वृत्त थानकोट प्रहरीका टोली त्यहाँ पुगेर मुचुल्का उठाइ मृतकको शब पोस्टमार्टमका लागि टिचिङ अस्पताल पुर्याएको बताइएको छ ।
बलम्बु प्रहरी प्रभागका अनुसार उनको मृत्यु के कारणले भयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको र परिवार पनिसम्पर्कमा आइसकेका छन् ।
वि.सं.२०७७ पुस २८ मंगलवार १३:३५ मा प्रकाशित






























