२८ पौष, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाले बैंकको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु १० अर्ब ६९ करोड पुगेको छ ।
सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।
आ.व. २०७६/७७मा रु १००.७६ अर्ब निक्षेप र रु ८९.८९ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १२८ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब४१ करोडरुपैंया खुद मुनाफा आर्जन गर्न सफलभएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहेका छन् ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बैंक अगाडी आएको छ । उच्च स्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।
लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।
बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।
बैंकले लक्ष्मी भ्यालु फण्ड १, लक्ष्मी इक्विटि फण्डतथा लक्ष्मी उन्नति कोष नामक म्यूचुअल फण्ड समेत सफलता पूर्वक जारी गरिसकेको जनाएको छ ।
वि.सं.२०७७ पुस २८ मंगलवार १६:३० मा प्रकाशित





























