back
CTIZAN AD

ओली सरकारविरुद्वको आन्दोलनमा मिडियालाई भरपुर प्रयोग गर्ने कांग्रेसको निर्णय

वि.सं.२०७७ पुस २८ मंगलवार

870 

shares

पुस २८, काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्वको आन्दोलनमा सञ्चार माध्यमलाई भरपुर प्रयोग गर्ने निर्णय गरेको छ । विभाग पुस २१ र २२ मा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

‘प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुद्व नेपाली कांग्रेसले देशव्यापी रुपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउन मिडिया तथा सूचना प्रविधिको अधिकमत उपयोग गर्ने’, सार्वजनिक बैठकका निर्णयमा भनिएको छ ।

बैठकले पार्टीको वेभसाईटलाई थप परिमार्जित गर्ने निर्णय पनि गरेको छ । बैठकले पार्टीसँग आवद्ध भातृ संगठन तथा संस्थाहरुको पनि वेभसाईटलाई अगाडि बढाउने निर्णय गरेको छ । साथै ७७ जिल्लाकै जिल्ला कार्यसमितिको वेभसाईटलाई पनि अगाडि बढाउने निर्णय गरेको छ ।

साथै बैठकले पार्टीको फेसबुक पेजलाई पनि थप सक्रिय बनाउन बनाउने निर्णय गरेको छ । बैठकले केहि विभागमा जिम्मेवारी हेरफेर पनि गरेको छ ।

यस्ता छन् प्रचार विभागका निर्णयहरु

वि.सं.२०७७ पुस २८ मंगलवार १७:३० मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...